आर्थरमा पर्ने शुभकल्यण आधाभुत विद्यालयको निर्माणधिन सुरक्षापर्खाल अलपत्र, विद्यालय आउँजाउँ गर्न वन्यजन्तुको डर

ZEN Travels

पर्वत ।
विद्यालयको भवन आफैमा प्रकृतिको काखमा छ । वरिपरि वनैवनले ढाकेको स्कुलमा स्वच्छ हावा प्राप्त गर्न कुश्मा १४ को शुभकल्याण आधारभूत विद्यालयलाई भरिपूर्ण बताबरण छ । यहाँ करिब १ सय ५० जना विद्यार्थीहरुले अध्यान गर्छन् । विस २०१८ सालमा प्रावि तहको अनुमति सहित विद्यालय सञ्चालन भएको होे । भने,विस २०३२ सालमा कक्षा ८ सम्मको आधारभूत शिक्षा प्रदान गर्दै आएको विद्यालयमा गत विस २०४३ सालमा विद्यालयको कक्षा कोठामा बाघ पसेको थियो ।दिउँसो १ बजेको हाफछुट्टीको समय भएकाले सवै बिद्यार्थी भने कक्षा बाहिर थिए । विद्यालयलमा हारगुहार पछि सो दिन बाघ त्यँही मारियो ।
पछिल्ला दिनहरुमा बाघको संक्रास फेरी दिखिन थालेको विद्यालयको कक्षा ८ मा अध्यानरत विद्यार्थी गौरब रिमालले बताए । ‘ढुक्क भएर कक्षा कोठामा बस्न पनि डर लाग्छ,’रिमालले भने,‘ सर मेडमले के पाढउँनु भयो भन्ने तर्फ ध्यान जानु पनि सकेको छैन् । उनले भने,‘घर भन्दा केहि तल विद्यालय छ,यहाँ गाउँवस्ति पनि छैन् ,वनको बाटो हुँदै स्कुल आउँदा कहिले काँही बाघले बाटो काट्छ ।’
विद्यालयमा यो अवस्था मात्र होइन् खानेपानीको पनि सहज पहुँच छैन् । शुभकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम सहितका शिक्षक सन्दिप विश्बकर्माले यो समस्या समाधान नहुँदा विद्यालय परिबार नै समस्यामा परेको सुनाए । स्कुलमा अलपत्र परेको पर्खाल देखाउँदै प्रअ गौतमले भने,‘ विद्यालयको पूर्वाधार निमार्णमा सहयोग भएन,यहाँको शैक्षिक अवस्था देखि सामाजिक रुपमा विद्यार्थीले थालेको प्लास्टिक व्यवस्थापन कार्यले पनि राम्रो प्रभाव पारेको उनले बताए । यो विद्यालयले त्यहाँ रहेका अन्य सामूदायिक बिद्यालय संग समन्वय गरेर शैक्षिक तालिम लगायतका छलफल पनि गर्दै आइरहेको छ ।
विद्यालयमा वन्यजन्तु कक्षा कोठामै परवेश गरेको पाईएपछि तत्कालीन सांसद अर्जुन प्रसाद जोशीले सांसद बिकास कोषको रु १ लाख पर्खाल निमार्णलाई प्रदान गरेका थिए । त्यसैमा पनि विद्यालय व्यवस्थापन समितिको लापरबाहिका कारण २१ हजार पर्खाल निमाणै समितिले पाएन् ।
अहिले विद्यालयको सुरक्षामा पर्खाल निमार्ण गर्न सकिएको छैन् । आर्थिक अभावमा पर्खाल निमार्ण गर्न नसकेको विद्यालयले स्वइकार ग¥यो । अहिले शिक्षा शाखा हर्न निकाय पनि छ,तर यो दर्दनाक अवस्थामा ध्यान पुराउनु आवश्यक देखिने विद्यालयकी शिक्षीका शिला कुमारी रिमाले भनाई राखिन ।
शुभकल्याण आधारभूत विद्यालयमा हाल २ जना मात्रै दर्बन्द्किा शिक्षक छन । अन्य प्रावि सहितको निमाबि तहमा अस्थाई तहका शिक्षकशिक्षिकाले अध्यापन गराउँदै आइरहेका छन् । विद्यालयले कक्षा नर्सरीदेखि ३ सम्म अंगे्रजी माध्याममा पढ्नपाढन गराउँदै आइरहेको छ । भने,अन्य कक्षामा क्रम्स अंग्रजी माध्याको पढाई सञ्चालन गर्ने योजना रहेको छ । विद्यालयले ७ बर्षभित्र पूरा अंग्रेजी माध्यामको शिक्षा प्रदान,छात्रावास निमार्ण गर्न आर्थिक संकलनको अभियान थालेको छ । ५० लाखको लागत कुल स्टिमेट भएको मध्य २ बर्षको अबधिमा १० लाख रुपयाँ संकलन भइसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला