म्याग्दी :४ महिनामा २७ सय चालकलाई कारबाहि

ZEN Travels

राकेश शर्मा,म्याग्दी ।
जिल्ला ट्राफिक प्रहरी कार्याल म्याग्दीले चालु आर्थिक बर्षको सुरु भए देखी यता यो चार महिनामा २७ सय सवारी साधन माथि कारबाही गरेको छ । यहि अवधीमा सवारी साधन कारबाहीबाट १८ लाख ४० हजार रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिकको नियम बिपरित सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजात बिना सवारी चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार, साउन महिनामा ट्रक÷टिपर १२१, बस ११५, जिप कार भ्यान १९४, ट्याक्टर ६१, मोटरसाईकल स्कुटर गरि ६ सय, भदौमा क्रमश ७३, ८१, २३३, ६८, ९५ गरि ५ सय पचास, असोजमा २१७, १२४, २७२, ७७, ११० गरि ८ सय र कात्तिक महिनामा ८१, १६८, ३४२, ३७, १२२ गरि ७ सय ५० वटा सवारी साधनका चालकलाई कारबाहि गरिएको छ । सवारी कारबाहीमा पर्ने मध्ये मोटरसाईकल बढी छन् । ‘बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरि मोटरसाईकल चनाउने लाई कडा निगरानी गरेका कारण, कारबाहीमा पर्ने मोटरसाइल बढी भएको हो । त्यसका साथै दशैतिहारको बिदामा मुस्ताङ जाने मोटरसाइकलहरु पनि कारबाहीमा परे’, पौडेलले भने ।
ट्राफिक कार्यालयका अनुसार, ट्रकबाट ३ लाख लाख ६४ हजार ५ सयरुपैयाँ, बसबाट ३ लाख १० हजार ५ सय रुपैयाँ, जिप÷कारबाट ६ लाख ९२ हजार ५ सय, ट्याक्टरबाट १ लाख ४६ हजार, मोटरसाईकलबाट ३ लाख २६ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन भएको हो । ‘यो अघिल्लो आबको यहि अवधी भन्दा धेरै हो । ट्राफिक प्रहरीको सक्रियताले राजश्व रकम बढेको हो’, प्रमुख पौडेलले भने, ‘सबैभन्दा धैरै असोज र मंसिर महिनामा संकलन भएको देखिएको छ ।’ ग्रामिण भेगमा चल्ने कालो नम्बर प्लेटका जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेपनि प्रहरीले त्यसतर्फ निगरानी बढाउन सकेको देखिएको छैन । प्रहरीकै अगाडी यस्ता गतिविधी हुने भएपनि प्रहरीले त्यसलाई संरक्षण गरिरहेको गुनासो यात्रुहरुको छ । यात्रुहरुको गुनासोकै आधारमा ग्रामिण भेगमा सञ्चालन हुने सवारी साधन माथि बढी निगरानी बढाईएको ट्राफिक कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले बताए । ‘त्यस्ता सवारी साधन माथि हामीले बढी निगरानी राख्न थालेका छौँ’ उनले भने । उनले ट्राफिक नियमको पालना नगरि जथाबाबी सवारी साधन चलाउनेलाई कडा कारबाहि गर्ने गरिएको छ । ‘मापसे सेवन गरि सवारी चलाउने १६ जना चालकलाई कारबाही नै गरेका छौँ, अहिले मापसे गरि सवारी चल्ने क्रम भने निकै कम भएको हो’, पौडेलले भने । ग्रामीण भेगमा चल्ले निजि सवारी साधनले यात्रु बोक्ने र मनपरि भाडा असुल गर्ने धेरैको गुनासो आएपछी चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिकले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला