३ नगरपालिका विच भगिनी सम्बन्ध स्थापित,अन्तराष्ट्रीय स्तरबाट पूर्ण सहयोग हुने ।

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका,लुम्बिनी सांस्कृतिक र म्याडिड् नगरपालिका स्पेनको बिचमा भगिनी सम्बन्ध स्थापित भएको छ । सम्बन्ध स्थापित गर्न कुश्मा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख गत कात्तिकमा स्पेनको म्याडिड् नगरपालिका विचमा भेटबार्ता भएको थियो ।
पहिलो सम्बन्ध स्पेनका प्रमुख र उपप्रमुख संग कुश्मा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विचमा भइसकेको थियो । यस्तै, कुश्मा नगपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच गत हप्ता मात्रै भगिनी सम्बन्ध स्थापतिमा लुम्बिनीमा हस्ताक्षर भएको हो । शनिबार कुश्मामा एक औपचारीक कार्यक्रमको आयोजना गर्दै नयाँ भगिनी सम्बिन्ध पत्रमा हस्ताक्षर सहित सम्बन्ध स्थापित भएको छ ।
कुश्मा नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र म्याडिड् स्पेन नगरपालिकाको भगिनी सम्बन्ध पर्यटन लगायत यहाँको विकास निमार्णका गतिबिधीमा सहकार्य गर्ने बिषयमा केन्द्रित भएको थियो ।

सो,सम्बन्ध कायम तथा छलफल कार्यक्रममा कुश्मा नगरपालिकाका प्रतिनिधी,सरोकारवाल ब्यक्ति लगायतको सहभागिता थियो । उनीहरुले विकासका लागि निजि स्वार्थ त्याग्दै बुद्ध मन , ऋषि मन र शुद्ध मनलाई आत्मसात गरि हातेमालो गर्न सुझाउँदै सम्बन्धको दिृगायूको कामना गरेका छन् । लुम्बिनी सांस्कृतिक र कुस्मा नगरपालिकाको सम्बन्धलाई थप संस्थागत, मजबुत र सशक्त रुपमा अगाडि बढाउन एकआपसमा सहयोगको आदनप्रदान हुनुपर्ने औंलाए । कुश्मा,लुम्बिनी सांस्कृतिक र म्याडिड् स्पेन नगरपालिकाले नयाँ रचनात्मक अभ्यासको थाल्नी गरेको भन्दै प्रसंसा गरेका थिए ।
सो,अवसरमा म्याडिड् नगरपालिकाका मेयर जोस् म्यानेले तिृपक्ष सम्बन्ध स्थापनाले यहाँका कला संस्कृतिको सिको गर्ने वातावरण आप्mनो नगरपालिकालाई हुने बताए । उनले नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक खानीको अनुपम देश रहेको अवस्थामा आफ्नो देशले यहाँको कला र संस्कृतिको सिको गर्न पाउने विश्वास व्यक्त गरको छन् । त्यस्तै उनले कुश्मा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको विकासमा अन्तराष्ट्रिय स्तरबाट सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

आफनो् भनाई राख्दै क्रम्मा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले यो सम्बन्ध स्थापित मात्र नभई कुश्माको विकासमा लुम्बिनी सास्कृतिक नगरपालिकाले निकै महोत्वपुर्ण भुमिका खेल्ने विश्वास राखेको बताएका छन् । उनले यहाँ रहेका सांकृतिक कला सम्पदा, पर्यटन क्षेत्र लगायतको बिकासमा उच्च सहयोगको अपेक्षा गरेका छन् । सम्बन्ध स्थापित पत्रमा हस्ताक्षर गर्नु दुवै पक्षका नगरपालिका विचको एैतिहासीक काम भएको सुनाएका थिए । उनले कुश्मा नगरपालिकाका पालिका सदस्यहरुलाई बिकास निमार्णमा राजनितीक दम्भ र गन्धले असर पार्ने समेत बताए । भने,लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी विश्वमा गौतम बुद्धको जन्मस्थानको रुपमा रहेको हुदाँ आफु र आफनो नगरपालिका बासीले शान्ति र अमनचयनको भावना संचारणको पाठ् सिकेको सो क्रम्मा बताए । उनले कुश्मा नगरपालिका संगको भगिनी सम्बन्धले दुई नगरपालिका विचमा सहकार्यको थाल्नी भइसकेको बताउँदै यहाँ पर्याप्त मात्रमा आन्तरीक तथा वाह्यि पर्यटक लाखौंको संख्यामा भित्राउने प्रतिबद्धता पनि ब्यक्त गरे । उनले एक आपसमा दुई नगरपालिकाका जनताको सिप र क्षमता साटासाट् गर्ने कार्यमा यो सम्बन्धले ठुलो टेवा पु¥याउने बताएका थिए ।

कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनका केन्द्रिय सल्लाहकार तथा समाजसेवी गोविन्द् सुवेदी, एनआरएन युरोपका उपसंयोजक एकराज गिरि,कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला