एबिसी स्कुलमा अभिमुखिकरण

ZEN Travels

कठमाडौं ।
बासले युवाहरुलाई स्वयंसेवातर्फ लाग्नउत्प्रेरित गर्नका लागि शुरु गरेको ईमरजिङ्गभोलेन्टियर
(उदयिमान स्वयंसेवक) कार्यक्रमआज नेपालगञ्जको एबिसी स्कुलमा सम्पन्न गरेको छ ।
स्वयंसेवाप्रतियुवाहरुको आकर्षण बढाउन, स्वयंसेवागर्न चाहने युवाहरुलाई सहयोग गर्न, स्वयंसेविबिबेशिलयुवाजमातका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागियुवाहरुलाई उत्प्रेरणा प्रदानगर्न बासले उक्तकार्यक्रम गरेको हो ।
कार्यक्रममाबासकाअध्यक्ष मन भण्डारी, उप–निर्देशकहेमराज भट्ट र स्वयंसेवकसंयोजकरबिन्द्र बोहराले स्वयंसेवा, स्वयंसेवाको महत्व, आवश्यकता, सकारात्मक सोच, सामाजिक सद्भाव र सुशासनकाबारेमाअभिमुखिकरणप्रदान गरेका थिए ।
६५जनाबिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममाबिद्यार्थीहरुले स्वयंसेवाबारे बिभिन्न जिज्ञाशाहरु राखेकाथिए । बिद्यार्थीहरुको जिज्ञाशालाई बासकाअध्यक्ष मन भण्डारी, उपनिर्देशक हेमराज भट्ट र स्वयंसेवकसंयोजकरबिन्द्र बोहराले प्रष्ट पारेका थिए । बासले बाँकेका सबै कलेजहरुमाकार्यक्रम सञ्चालनगर्ने लक्ष्यलिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला