शिक्षा शिक्षकहरु आन्दोलित

ZEN Travels

काठमाडौँ-

अपाङ्गता भएका बालबालिकालाई अध्यापन गराउने शिक्षक (विशेष शिक्षा शिक्षक)हरूले आफूहरूलाई राज्यले विभेद गरेको गुनासो गरेका छन् ।
देशभरिमा ३२ वटा विशेष शिक्षा विद्यालय सञ्चालित छ र तिनमा करिव तीन सय शिक्षक कार्यरत छन् । त्यस्ता विद्यालयमा ७२ हजार विद्यार्थीहरु रहेको जनाइएको छ । ती विद्यालयमा कार्यरत शिक्षकमध्ये ७६ शिक्षक स्थायी छन् भने १७२ जना शिक्षकको मात्र सरकारले पारिश्रमिक व्यहोर्ने गरेको छ ।
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा मात्र शिक्षक माग गर्ने गरेको र त्यहाँ कार्यरत अस्थायी शिक्षकलाई मात्र स्थायी गर्न परीक्षा लिइएको भन्दै विशेष शिक्षा शिक्षकहरुले स्थानीय तहले आफूहरूको तलब रोक्का गरेको बताएका छन् ।
नयाँ संरचनामा स्थानीय तहले नै शिक्षकको तलब उपलब्ध गराउने गरेको छ । आइतबार विशेष शिक्षा शिक्षक महासमितिले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहले विद्यालय शिक्षक किताबखानामा पद दर्ता नभएको भन्दै तलब निकासा रोकेको बताउनुभयो ।
सोमबार ‘मलाई गणना गर ः समावेश गर’ भन्ने नाराका साथ २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । नेपालका विशेष शिक्षा शिक्षकहरूले ‘मलाई शिक्षक कर्मचारुीमा गणना गर, म शिक्षण गर्दै आएकोछु’ भन्ने नारा दिएका छन् ।
महासमितिले गत कात्तिक १६ गते शिक्षा मन्त्रालयलाई १४ बुँदे मागपत्र बुझाएको थियो । ती माग वेवास्ता गरिएको भन्दै सोमबारबाट उनीहरु आन्दोलनमा उत्रिने भएका छन् । एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, विशेष शिक्षा विद्यालयलाई आवश्यक दरबन्दी उपलब्ध गराउनुपर्ने, ६० वर्ष सेवा गरिसकेकालाई सुविधासहित अवकास दिनुपर्ने लगायतका माग राखिएका छन् ।
पत्रकार सम्मेलनमा अभिभावक प्रेमकुमारी श्रेष्ठले आफ्नी सुस्तमनःस्थिति भएकी छोरी २६ वर्ष भइसकेको बताउँदै अपाङ्गता भएका बालबालिकालाई उमेर नाघे पनि विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो । भीमसेनगोलास्थित निर्मल बाल विद्यालयका शिक्षक ज्योति भट्टराईले सो विद्यालयमा ८५ जना विद्यार्थी रहेका र आधाभन्दा बढी १८ वर्ष उमेर नाघिसकेको बताउँदै विद्यार्थी उमेरभन्दा माथिका विद्यार्थीलाई कहाँ लैजाने भन्ने समस्या अभिभावकहरुमा निकै रहेकोले उनीहरुका बारेमा राज्यले विशेष व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला