पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

ZEN Travels

काठमाडौँ ।

राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज अपराह्न बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ रहेको थियो। अन्तराष्ट्रिय बजारमा कच्चा चेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको हो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला