आ–आफ्नो एजेण्डा सहित नेविसंघ पर्वत हाक्ने दाउँमा रहेका पर्वतका विद्यार्थी नेताहरुको धारण यस्तो आयो

ZEN Travels

मेरो जिल्ला डटकम खास समाचार ।

कांग्रेस उत्पादन गर्ने नर्सरीको रुपमा लिईने शशक्त भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन गराउन अहिले विद्यार्थी नेताहरुबीच नेतृत्वका लागि चहल पहल सुरु भएको छ । ३२ बर्षको उमेर हद् हटाउँन तिब्र रुपमा रामचन्द्र पौडेल पक्ष लगायतका नेताहरु लागि परे पनि असफल जस्तै भएका छन् ।

अबको छिट्टै  संघको केन्द्रिय समितीको बैठकबाट महाधिबेशनको मिती तय गरिने नेबिसंघले बताएको छ । म्याद सकिएको पनि झण्डै ३ महिना भईसकेको छ । अधिवेशन हुन नसक्दा नेविसंघको संगठन लथालिङग छ भने त्यसको प्रत्यक्ष असर माउ पार्टी कांग्रेसमा समेत परेको छ । पटक पटक अधिवेशनको मिति तोकेर स्थगित गरिएको संघको अधिवेशन अव चै होला भन्नेमा अझै पनि सुनिश्चित हुने वातावरण भने बनेको छैन । केही क्याम्पस र जिल्लामा तत्कालीन नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रीक हुदाँको समानन्तर संगठन अझै जिवित छ । त्यसका साथै अधिवेशनका सम्पन्न भएका कतिपय जिल्ला र क्याम्पसमा पनि चरम विवाद छ । नेपाली कांग्रेसको नवनिर्वा्चित सभापति शेरबहादुर देउवाले भातृ संस्थाहरुको महाधिबेशन गर्न पटक पटक निर्देशन दिएपछि अहिले फेरी महाधिबेशन हुन्छ भनेर नेबिसंघका नेताहरु जुरमुराउन थालेका छन् ।

पार्टी नेतृत्वमै दुई धार देखिएको कांग्रेसको असर त्यसका भ्रातृ संस्थामा देखिनु कुनै नौलो कुरा होईन्। अझ पार्टी १४ औँ महाधिबेशनमा चौथो धार समेत देखिएको र करिब एक दशक देखि महाधिबेशन नभएका कारण नेबिसंघको नेतृत्व सम्हाल्नेको सुची पनि लामै छ । करिब एक दशकदेखि हुन नसकेको महाधिबेशनको मिती यकिन नभईसकेपनि महाधिबेशन भनेपछि नेबिसंघमा दौडधुप भने भैहाल्छ । यसबीच अहिलेको पछिल्लो गतिबिधीले पनि नेबिसंघको नेतृत्व आफ्नो दाउमा पार्नका लागि चरम गुटबन्दी र आन्तरिक दौडधुप शुरु भैसकेको छ। पार्टी नेतृत्वमै दुई धार देखिएको कांग्रेसको असर त्यसका भ्रातृ संस्थामा देखिनु कुनै नौलो कुरा होईन ्। महाधिबेशनको चर्चा शुरु भएसँगै नेतृत्वका लागि बिद्यार्थी नेताहरुबीच नै धुब्रिकरण पनि शुरु भैसकेको छ। पार्टी सभापतिमा देउवाको बिजयीपछि देउवा पक्षका बिद्यार्थी नेताहरुबीच नै पनि आन्तरिक द्वन्द्व समेत देखिन थालेको छ । हुन त पौडेल पक्षका बिद्यार्थी नेताहरु भित्र पनि आन्तरिक मनमुटाव र द्वन्द्व नभएको भने होईन।

नेबिसंघमा टिके प्रथा पनि हाबी रहँदै आएकाले महाधिबेशन हुन भन्नु हल्ला मात्र भएको कतिपय बिदार्थी नेताहरुको ठहर छ । तर जे होस् महाधिबेशन भएपनि नभएपनि नेताहरुले दाबी गर्नु भने स्वभाविक हो । अहिलेको परिस्थीति हेर्दा र चर्चामा आए अनुसार नेबिसंघ अध्यक्षका लागि निम्न नेताहरु दाबेदारका रुपमा देखिएका छन् । जुन नेताहरुले नेबिसंघमा बिभिन्न तरिकाबाट योगदान गरिसकेका छन् ।

काँग्रेसको म सच्चा सिपाही हुँ, विद्यार्थीको हकहितका निम्ति संघर्ष गर्छु–किशोर सुवेदी 

-किशोर सुवेदी नेविसंघका शशक्त दाबेरका आकांक्षि भएका उमेदवार हुन् ।

उनले ईकाईको अध्यक्षको जिम्मा ०६४ साल देखि ०६६ साल कक्षा १२ को समयमा अध्यायन गर्दा प्राप्त गरेका हुन् । ०६६ र ०६७ मा ईका उपाध्यक्ष भए । भने,०६७ देखि ७० ईकाई अध्यक्षमा सुवेदी रहे । उनी ०६८ सालवाट जिल्लाको नेविसंघ सहसचिव भएर काम गरेका हुन् ।

यस्तै,उनले ०७१ सालमा नेसवसंघ जिल्लाको सचिव भएर रहेका हुन् । ०६७/०६८ तत्कालीन समयका प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा पेट्रोलको मूलयबृद्धिको बिरोधमा उत्रिदा जेल जानुपरेको थियो ।

उनले मेरो जिल्ला डट कमलाई आफुले नेविसंघको नयाँ नेतिृत्वको जिम्मा पाएमा समग्र संगठनको बिस्तार गर्ने बताएका छन् ।

उनले यहाँ रहेर काँग्रेसका विभिन्न सभा सम्मेलन लगायतमा सहभागिता समेत जनाउँदै आइरेहेको बताउछन् । भने,आफु कुनै पनि गुटउपगुटमा नरहेको ठोकुवा गर्दछन् ।

 

म ऊ गुट, त्यो गुटको होइन् केवल काँग्रेस बचाउँने सच्चा सिपाही हुँ –दया सुवेदी

-दया सुवेदी ०६५–०६६ मा ईकाई सभापति भएका हुन् ।

०६८ मा दया ईकाइको सभापति फेरी बनेका हुन् । नेपाली काँग्रेसको १४ औं माहधिवेशनमा सुवेदी क्षेत्रिय प्रतिनिधी भएका हुन् ।

उनी नेविसंघको जिल्ला सहसचिव हुँदै हाल सचिव पद्मा छन् । उनले आफ्नो कार्यकलमा यहाँ रहेर धेरै सामाजिक तथा विद्यार्थी हक हितका काममा लागि परेका पात्र हुन् । उनले मेरो जिल्ला डट कम संग भनेका छन् –म कुनै पनि काँग्रेसको यो गुट त्यो गुटको होइन् केवल काँग्रेस बचाउँने सच्चा सीपाही हुँ भनेका छन् ।

उनले अब नेविसंघको जिल्ला अध्यक्ष हुने अवसर प्राप्त गरेको खण्डमा पार्टी कम्जोरभइ रेहको समयमा शशक्त बनाउँने आफु लाग्ने बताउछन् । मैले आफनो कार्यकालमा पार्टी र विद्यार्थीको हक हितका निम्ति धेरै वलिदान गरेको छु । फेरी पनि सवैको साथ र माया पाएमा आफु पद भन्दा सवैको भएर काम गर्ने बताए ।

गरिबीले शिक्षाको पहुँचमा पुग्न नसकेकाहरुको पक्षमा वकालत गर्छु– बरदान पौडेल

-बरदान पौडेल पनि नेविसंघ पर्वतको अध्यक्षमा निकै बलिया आकांक्षी मध्यका एक हुन् ।

उनी ०६८–०६९ सालमा ईकाई सभापति भएका ब्यक्ति हुन् । भने,०७१ सालमा पनि ईकाइ सभापतिको भूमिकामा रहेका पात्र हुन् । भने,पौडेल हाल नेविसंघको जिल्ला सचिवमा छन् । करिब ४ बर्षको कार्यकालमा उनी पुर्व माननिय सांसद अुर्जुन प्रसाद जोशीको पि.ए वा कार्यालय सहयोगी भएरकाम गरेका हुन् ।

उनले पर्वत जिल्लाको सवै जनताको घरघरमा पुग्ने मौका पाए । उनले हरेक क्षेत्रका यहाँका जनातको बारेका पूर्व सांसद संगै पुगेको ठोकुवा गर्छन् । उनी पनि तत्काली बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जेलमा वस्नु परेको सुनाउँछन् ।

मेरो जिल्ला डट कम संग उनले भनेका छन्–मैले नेविसंघ हाक्ने अवसर पाएमा गरिबीले शिक्षाको पहुँचमा पुग्न नसकेकाहरुको पक्षमा वाकलत गछु ।

माफिया तन्त्रले छात्रवृतिका कोट विद्यार्थीहरुले पाउन सकेका छैनन् आफुले मौका पाएमा माफिया तन्त्रको अन्तय गर्ने बताएका छन् ।

 

पार्टी भित्रको गुट उपगुटको संस्कार अन्तय गर्न विद्यार्थीमा प्रशिक्षण गर्छु– श्रीकृष्ण रेग्मी

-०६३ सालमा उनले इकाइको जिम्मा लिएका हुन् । रेग्मी ०६३ सालमा नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधी सम्मको मौका पाएका ब्यक्ति हुन् ।

०७० सालमा उनले ईकाइको सभापति भएको बताउँछन् । उनी यहाँका सफल युवा व्यवसायीक रुपमा चिनिन्छन् ।

उनले नेविसंघका पुर्व अध्यक्ष लागत पार्टीका शिर्ष नेतिृत्व संग रेहेर काम गरेका छन् । हालको जलजलाका रेग्मी उत्ता रहेर विद्यार्थीको पक्षमा लागेका पात्र हुन् । उ यहाँ केबल नेपाली काँग्रेसको शशक्त सिपाई भएर रहेका छन् ।

समय समयमा उनले पार्टीका शिर्ष नेता तथा प्रतिनिधीसंग रहेर सुझावदिने काम गरेका छन् ।

मेरो जिल्लासंगको संक्षिप्त कुराकानीमा रेग्मीले नेविसंघ पर्वत हाक्ने मौका पाए पार्टी भित्रको गुट उपगुटको संस्कार अन्तय गर्न विद्यार्थी नेता लगायत विद्यार्थीमा प्रशिक्षण सञ्चालन गर्ने उनले बताएका छन् ।

 

 

 

 

गुटउपगुट नभनि विद्यार्थीको हकहित प्रति सधै लाग्ने छु-शिशिर शर्मा पौडेल

-शिशिर शर्मा पौडेल एक विद्यार्थी नेता हुन् । नेपाली काँग्रेसको इतिहाँसमा उनको नाम निकै चर्चित छ ।

नेपाल विद्यार्थी संघ नारायण मा.विको सहसचिव हुँदै उनले २०६५ सालदेखी राजनितिक यात्रा शुरु गरेका पौडेल हाल नेवि संघका गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाई सभापति हुन् । भने, नेवि संघ क्षेत्रीय उपाध्यक्ष , जिल्ला कार्य समिति पर्वतका सदस्य हुन् ।

विद्यार्थी राजनिति सँगै उनी सामजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आएका छन् ।

पौडेलले मृगौला पीडित,रक्त क्यान्सर पीडित लगयात दुर्गमका दर्जनौ विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गदै आएका छन् । राजनितिक सँगै सामजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका पौडेलले नेपाल विद्यार्थी संघको आगमी निर्वाचनमा अध्यक्ष पदको मुख्य दावेदारको रुपमा प्रस्तुत भएका छन् ।

मेरो जिल्ला संगको कुराकानीमा उनले आफ्नो खोल्टीबाट समेत आर्थिक सहयोग गरेको बताउछन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला