इन्र्विल क्लब अफ लुम्बिनीद्धारा ६८ जना बालबालिकाहरुलाई न्याने कपडा बितरण

ZEN Travels

भैरहवा ।
इन्र्विल क्लब अफ लुम्बिनीको सहयोगमा भैरहवामा रहेकोे बाल सुधार गृहमा रहेका ६८ जना बालबालिकाहरुलाइ न्यानो कपडा ज्याकेट,टोपि खाने कुरा लगायत सामाग्री , गृह प्रमुख सुभद्रा गौतम लाई हस्तान्तरण गरिएको थियो ।
क्लबका सबै सहयोगी हातहरु क्लबका, पदाधिकारीहरुले बेक्तिगत रूपमा योगदान गरि सहयोग गरेको र क्लब सदैव यसरि सामाजिक क्षेत्रमा क्रियासिल हुने प्रतिबद्धता बेक्त क्लबका सम्पुर्ण पदाधिकारीहरुलेगर्नु भएको थियोे ,संरक्षक ज्ञानु पौडेल ,अध्यक्ष बिना अग्रवाल लगायत समाज सेवि थुप्रै को उपस्थित थियो । ,कार्यक्रम को सचालन सृजना जोशीले गर्नुभएको थियो ।
अध्यक्ष अग्रवालले “तपाई हाम्रो सानो सहयोगले धेरै परिवर्तन हुनसक्छ। सहयोगि मन नै जीवन यापन को आधार हुनुपर्ने “,तेस्तै गरि संरक्षक पौडेलले “ मानबियताको बिकास हुनुपर्ने औल्याउँनु भएको थियोे ।सेवा नै धर्म हो “। हामी लाई क्लब कि सकृय सदस्य एबम समाज सेवि नारायणी नेपालले क्लबले गरेको सम्पुर्ण कामको जानकारी गराउनु भएको थियो । आगामी दिनमा अझै रचनात्मक र ब्याबहारिक काम जसले समाजलाई दिगो बिकास तर्फ उन्मुख हुन खालको योजना केन्द्रित रहेको समेत जानकारि दिनु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला