काग्रेंस नयाँ निति ल्याउने तयारीमाःआर्थिक , उच्च उत्पादकत्व र फराकिलो आर्थिक वृद्धिको प्रस्ताव

ZEN Travels

काठमाडौँ —

नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गर्ने भएको छ । विगतमा अपनाएका नीतिहरु कार्यान्वयनमा देखिएका समस्या र बदलिंदो परिस्थितिमा आर्थिक नीति परिमार्जन गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

आर्थिक नीति परिवर्तनसम्बन्धी प्रस्ताव जारी केन्द्रीय समितिको बुधबारको बैठकमा प्रस्तुत गरिएको छ। समग्र आर्थिक नीति प्रस्ताव समिति संयोजक एवं सहमहामन्त्री प्रकाशरण महतले बैठक प्रस्तुत प्रस्तावमा प्रमुख रुपमा पाँच आधार निर्धारण गरिएको छ। जसअनुसार,

पहिलो : उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धि

दोस्रो : समतामूलक लोककल्याणकारी राज्य

तेस्रो : रोजगारमुखी युवाकेन्द्रित उद्ममशीलता

चौंथो : सार्थक वित्तीय संघीयता

पाँचौ : सदाचारयुक्त आर्थिक सुशासन

उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धिका लागि स्वेदशी र विदेशी लगानी भित्र्याउने, लगानी प्रक्रियालाई जिम्मेवारीसहितको विकेन्द्रिकृत एकद्वार प्रणाली लागू गर्ने, आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायहरु स‌ंरक्षण गर्ने नीति लिने प्रस्ताव छ। कृषिमा प्रतिफलभन्दा लगानी धेरै भएकोले सुलभ ब्याजदरमा कृषि ऋणसहितको अनुदान नीति ल्याउने, भूमि खण्डीकरण रोक्न, करार र सहकारी कृषिलाई सहयोगको नीति लिइने छ। र, कृषिजन्य वस्तुमा किसानको न्यायोचित मूल्य सुनिश्चित गर्ने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्ताव छ।

नेपाललाई धार्मिक, सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने, यसका लागि सडक र हवाई पूर्वाधार विकास गर्नेलगायत उल्लेख छ। कांग्रेसले कर्णाली प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिसमेत अघि सारेको छ।

यस्तै, संघीयतालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउन कांग्रेस क्रियाशील रहने बताइएको छ। आगामी दशक राष्ट्रिय पुनर्जागरणको दशक हुने भन्दै कांग्रेसले नेपाललाई दीगो विकासमा कम्तीमा मध्यम आय भएको मुलुक बनाउन नीतिगत सुधारमार्फत तीव्र गतिमा पूर्वाधार निर्माण, स्वदेशी एवं विदेशी पुँजी परिचालन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न प्रतिबद्ध र इमान्दार रहने बताएको छ।

प्रस्तुत आर्थिक नीति मूल आर्थिक समस्या पहिचान गरी तिनलाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि उन्मुख बनाउन अपनाइनुपर्ने रणनीतिमा केन्द्रित रहेको समेत समिति संयोजक महतको भनाइ थियो।-कान्तिपुर दैनिकमा समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला