पूर्णेश्वर माविको स्पर्ण महोत्सव बर्ष ०७५ माघ ११ मा सुरु भई ०७६ माघ १७ मा सकिने,तयारी तिब्र |Merojilla.Com

ZEN Travels

कुश्मा ।
कुश्मा नगरपालिका १० रहेको पूर्णेश्वर माध्यामिक विद्यालयले स्पर्ण महोत्सव बर्ष ०७५÷०७६ मनाउने भएको छ । विस २०१७ सालमा स्थापना भएको विद्यालयले यही ०७५ माघ ११ गतेदेखि ०७६ माघ १७ गते सम्म विभिन्न कार्यक्रमका साथ मनाउँन लागेको बुधबार यहाँ पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम स्वर्ण महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी भएको हो ।
स्वर्ण महोत्सव बर्षको सुरुवात यही माघ ११ गते शिक्षक तथा पत्रकार विचमा भलिबल प्रतियोगिता सञ्चालन सहित हुनेछ । माघ १६ गते विद्यालयको प्राङ्णबाट प्रभारतफेरी हुनेछ । यही माघ १७ गते उद्घाटन सहित,विद्यालयले निमार्ण गर्न लागेको सरस्वती मन्दिरको शिलान्यास,स्वर्णद्धारको शिलान्यस,स्वार्ण स्मारीका घोषण सहित राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुतीको साथमा हुने छ । माघ १८ गते जिल्लाका विद्यालय वडास्तरीय खुल्ला भलिबल बत्तीबुनाई प्रतियोगिता रहने छ । माघ १९ गते वडास्तरीय र नगरपालिका स्तरीय भलिबल,लोकभजन,म्युजिकल चेयर र घौंटोफोर सञ्चालन गर्दै मनाइने छ । माघ २० गते वडास्तरीय साविक १ देखि ९ सम्मका वडाका अभिभावक र शिक्षकको बिचमा भलिबल,रत्यौली र लठो तान्ने प्रतियोगिता हुने छ । भने ,माघ २१ गते नयाँ कार्यक्रम घोषण गरेर सम्पन्न हुने छ । यस्तै,०७५ चैत्र १० गते स्थानीय खुल्ला ठेलो फाल्ने,टपरी बुनाइ र व्याडमिन्टन प्रतियोगिता सहित मनाइने छ । यसैगरी आगामी ०७६ असार ८ गते वृक्षरोपण सहित प्रवासी लोकगीत कार्यक्रमका साथ हुने छ ।
आगामी ०७६ असोजमा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछ । यस्तै ०७६ मंसिर १५ गते खुल्ला कविता वाचन,वक्तृत्वकला प्रतियोगिता र ८०० मिटर दौड प्रतियोगिता हुनेछ । आगामी ०७६ पौष १४ गते कुश्मा नगरपालिका श्रोतकेन्द्र स्तरीय हिज्जे,टेवलटेनिस,म्याराथुनको आयोजना गरिएको छ । ०७६ माघ १२ गते प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता आयोजना भएको छ । र,०७६ माघ १७ गते स्पर्ण महोत्सव बर्ष ०७५÷०७६ सम्पन्न हुने जानकारी गराइएको हो । यस्तै विद्यालयका विद्यार्थीहरुका लागि पुर्णेश्वर माविले आफै कार्यक्रमहरु आयोजन गर्ने छ ।
पत्रकार सम्मेलनमा स्पर्ण महोत्सव गर्न आयोजना भएका कार्यक्रमहरुको पुर्ण सफलता शुभकामना फलेवास नगरपालिकाका मेयर पद्मपाणी शर्माले गर्दै आफनो भनाई राखेका थिए । सम्मेलनको सञ्चालन स्पर्ण महोत्सव आयोजक प्रचारप्रसार समितका संयोजक तथा गण्डकी प्रदेश पत्रकार माहसंघका माहसचिव गणेश पौडेलले गरेका थिए । कार्यक्रममा पत्रकारहरुले आआफ्ना जिज्ञासाहरु राखेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला