कालिका भगवती देविस्थान मन्दिर बाटुलेचौरमा शतबीच छर्ने र पुजाआराधान गर्नेहरुको घुँईचो यस्तो देख्यिो । ५ तस्बिर

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा अविस्थत कालिका भगवती देविस्थान बाटुलेचौर मन्दिरमा बिहिबार बाला चतुर्दशीको अवसर पारेर शतबीच छर्ने र मन्दिरमा पुगेर पुजाआराधान गर्नेहरुको घुँईचो लागेको थियो ।
गत बिस १९७० मा स्थापना भएको सो कालिका भगवती मन्दिर गत ०७२ सालको भुकम्पले क्षेती पु¥याएको थियो । भने संरक्षणको अभावमा मन्दिर आझोलमा समेत परेको थियो । हाल मात्रै स्थानीय गणेश पौडेल अध्यक्ष रहने गरी गठन भएको कालिका भगवती मन्दिर संरक्षण समितिले मन्दिर जोगाउन चासो दिएको छ । मन्दिरको संरक्षण सहित पुर्ननिमार्ण गर्दै त्यहाँ आन्तरिक तथा वाह्यि पर्यटक भित्राउने लक्ष्यका साथ मन्दिरको आजिवन सदस्य बन्दै मन्दिर जोगाउन चन्दा संकलनको अभियान समेत सुरु भएको छ । सो अवसरमा मन्दिरमा पुगेगा स्थानीय तथा अन्य क्षेत्रका बासीन्दा लगायतले मन्दिर संरक्षण गर्न भन्दै आर्थिक सहयोग पनि गरेका छन् । पहिलो पुजाआर्चनामा १ लाख ६९ हजार सहयोग प्राप्त भएको संरक्षण समितिले जनाएको छ ।
बालाचतुर्दशीको दिन आज विहान ६ बजे देखि साँझ सम्म पुजाआराधना गर्नेहरु मन्दिरमा पुगेका थिए । आजै भागवत भाष्कर पंडित महेन्द्र पौडेल र पंडित हरिप्रसाद पौडेलले संयुक्त बालाचतुर्दशी महिमापाठ वाचन गरेका थिए ।
पाठ वाचन कार्यक्रममा बोल्दै मन्दिरका सल्लाहकार चुणमण्ी पौडेलले बाटुलेचौमन्दिर प्रचारप्रसारको अभावमा ओझेमा परेको बताए । उनले नयाँ कार्यसमिति गठनभई मन्दिर संरक्षण गर्न जुटेकोमा प्रसंसा सहित अन्य ईच्छुकलाई सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेका थिए । वडाध्यक्ष राजेन्द्र पौडेलले यसको संरक्षणमा वडाले ३ वटै सरकार सम्झ यसको संरक्षणमा सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।उनले यो कालिका भगवती मन्दिर धौलागिरको पुरानो मन्दिर रहेको हुँदा सवैले सहयोग गरेर बचाउनुपर्ने भनाई राख्दै वडाले सक्दो रुपमा बजेट विनियोजन गर्न लागेको पनि जनाए । सो,कार्यक्रममा मन्दिर संरक्षण समितिका सदस्य युगनाथ पौडेल,सचिव दिपक लामिछाने लगायतले बोलेका थिए ।कालिका देविस्थान भगवति मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिए । त्यहाँ कुश्मा फेवास मोदी,स्याङजा कास्की लगायतका क्षेत्रका धर्माअनुरागीहरुले पुजापाठ गर्दै शतबीच छरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला