नेपाल फनिर्चर तथा फर्निसिङ व्यवसायी संघ पर्वतमा फेरी मथुरा कुमार जोशी ।

ZEN Travels

पर्वत ।

नेपाल फनिर्चर तथा फर्निसिङ व्यवसायी संघको छठौं बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशनले पनुः मथुरा कुमार जोेशीलाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।

बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशनको उद्घाटन गर्दै कन्द्रिय अध्यक्ष भुपेन्द्र गिरीले उद्योगी व्यवसायिहरुलाई राज्यले सहज रुपमा काम गर्ने बातावरण सिजर्ना गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुले सहज रुपमा काम गर्दै व्यवसाय सञ्चालन गर्न पाए आर्थिक उपार्जन राम्रो गर्न सकेको खण्डमा ‘समिद्ध नेपाल र सुखी नेपाली’ को नारा पुरा गर्न सकिने बताए । उनले ५० भन्दा वढि फर्निचरका सामाग्रीहरु बाह्यि मुलकबाट मगाउन परेकोमा दुःख व्यक्त गरे । उनले राजनितीक परिर्बतनका निम्ती धेरै नारा र योजनाहरु बनाउँदैमा यहाँका व्यवसायीहरुले मुक्तिको सास फर्न नसकोको बताए । गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कडेंलले बन कार्यालयले अवैद्य रुपमा काठदाउरा निकासी गर्नेलाई कारबार्हीको दायरमा ल्याउने हुदाँ त्यस्तो भएको थाहा पाउँदा साथ स्थानीय प्रहरी र डिभिजन कार्यालयमा खबर गर्न अनुरोध गरेका छन् ।
अद्यिवेशनले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्ष भिम चापाँगाई,कोषाध्यक्ष कृष्ण प्रसाद भुषाल,सचिव भिम बहादुर नेपाली चयन भएका छन् ।

सदस्यहरुमा आशिष जोशी,सम्बर क्षेत्री,देवलाल गिरी,ध्रब श्रेष्ठ,दिपक गदाल,बिष्णु पुन र भगवती क्षेत्री सहितको ११ सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मथुरा कुमार जोशीले दर्ता नभई सञ्चालन भएका फनिर्चर व्यवसायहरुलाई दर्ता प्रत्रियामा ल्याउने बताए ।नेपाल फनिर्चर तथा फर्निसिङ व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा फेकोफन पर्वत सचिव गणेश पौडेल,पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,संघ पर्वतका सदस्य भिमप्रसाद शर्मा,संघका सचिव भिम प्रसाद नेपाली लगायतले बोलेका थिए । सो,कार्यक्रममा यहाँका वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला