गण्डकी प्रदेशका १४ स्रष्टा सम्मान

ZEN Travels

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।


सम्मानित हुनेहरुमा पर्वतमा रहेर साहित्य तथा लेख्नमा योग्दान पु¥एको भन्दै लेखक,साहित्यकार,पत्रकार आमेप्रसाद घायल सहित अजय मिलन श्रेष्ठ (म्याग्दी) इन्द्रकुमार विकल्प (पर्वत)का सम्मान भएका छन् ।

दमौली-

नेपाली लेखक सङ्घ तनहुँले गण्डकी प्रदेशभित्रका स्रष्टालाई सम्मान गरेको छ । 

सङ्घले आज तनहुँको दमौलीमा आयोजना गरेको स्रष्टा सम्मान एवं काव्योत्सव कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका १४ स्रष्टालाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा म्यादीका अजयमिलन श्रेष्ठ, पर्वतका ओमप्रसाद शर्मा घायल, बागलुङका इन्द्रकुमार विकल्प, स्याङ्जाका विश्वप्रेम अधिकारी, कास्कीका तारा पालिखे, विजय बजिमय, नरहरि उपाध्याय गौतम, देवेन्द्र भट्टराई, तनहँुका अम्बिकाप्रसाद भट्टराई, काशीनाथ न्यौपाने, लमजुङका रामचन्द्र शास्त्री, गोरखाका नारायण पोख्रेल, नवलपुरका टीका सापकोटा पोख्रेल र सदानन्द अभागी रहनुभएको छ । 

उहाँहरुलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सम्मानपत्रले सम्मान गर्नुभएको थियो । सो अवसरमा न्यौपानेले लेखक तथा साहित्यकारले साहित्यका माध्यमबाट तनहुँको प्रचारप्रसारमा सहयोग गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली लेखक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा तुलसी भट्टराई, केन्द्रीय उपाध्यक्ष डा कुसुमाकर न्यौपाने, सङ्घका जिल्ला अध्यक्ष गौकुमारी न्यौपानेलगायतले रचनावाचन गर्नुभएको थियो । 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला