जोन केलीले यही वर्षको अन्त्यसम्ममा राजीनामा दिन्छन्: डोनाल्ड ट्रम्प

ZEN Travels

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताएका छन् ।

पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।

यसअघि हेल्मण्ड सेक्युरिटी विभागको प्रमुख रहेका केलीलाई राष्ट्रपति ट्रम्पले त्यहाँबाट राजीनामा गर्न लगाएर चिफ अफ स्टाफ बनाएका थिए ।

तर अहिले उनीहरुबीच बोलचालसमेत बन्द रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले आगामी दुई/तीन दिनमै भावी चिफ अफ स्टाफको नाम सार्वजनिक गर्नेसमेत बताएका छन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गरेका थिए । (एजेन्सी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला