काम गर्ने नेता चाहिया- वरिष्ठ अधिवक्ता विश्व घिमिर

ZEN Travels

गत मंसिरमा भएको निर्वाचनमा बाम पार्टी मिले। संयुक्त घोषणापत्र जारी गरे। र, चुनावमा होमिए। चर्का नारा लगाए। जनताले बुझ्ने गरी स्पष्ट भाषण गरे। उखान टुक्का पनि हाले। ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भने जस्तै चुनावमा जनमत आफ्नो पक्षमा पार्न सफल भए। अर्को शब्दमा भन्दा चुनावमा नेकपाले पिठो पनि बिकाए। यो उखान ब्यापारमा मात्रै होइन, राजनीतिमा पनि लागु भयो। चुनावी सभामा नेकपाका नेताहरूले व्यापारमा
जस्तै पत्यार लाग्ने, नलाग्ने भाषण गरे। तर सरकारमा रहेको नेपाली कांग्रेसले चामल
पनि विकाउन सकेन। राजनीतिक घोषणापत्र एकातिर, काम अर्कोतिर भयो। काँग्रेसले आफ्नो
एजेण्डाको भेउ नै पाउन सकेन। र, अर्कै नेता अर्कै दलको एजेण्डामा जनताले विश्वास गरे।
चरम रुपमा पार्टीहरूबीच ध्रुवीकरण भयो।

चुनावमा होमिए। चर्का नारा लगाए। जनताले बुझ्ने गरी स्पष्ट भाषण गरे। उखान टुक्का पनि हाले। ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भने जस्तै चुनावमा जनमत आफ्नो पक्षमा पार्न सफल भए। अर्को शब्दमा भन्दा चुनावमा नेकपाले पिठो पनि बिकाए। यो उखान ब्यापारमा मात्रै होइन, राजनीतिमा पनि लागु भयो। चुनावी सभामा नेकपाका नेताहरूले व्यापारमा
जस्तै पत्यार लाग्ने, नलाग्ने भाषण गरे। तर सरकारमा रहेको नेपाली कांग्रेसले चामल
पनि विकाउन सकेन। राजनीतिक घोषणापत्र एकातिर, काम अर्कोतिर भयो। काँग्रेसले आफ्नो
एजेण्डाको भेउ नै पाउन सकेन। र, अर्कै नेता अर्कै दलको एजेण्डामा जनताले विश्वास गरे।
चरम रुपमा पार्टीहरूबीच ध्रुवीकरण भयो।

र, एक अर्को पार्टीमा हामफालेको समेत ख्यालै पाएनन्। बाम सरकार बनेपछि जनताले अहिले बल्ल देखे, नेता केन्द्रित सुविधा बढाउन मिलेमतोमा बामगठबन्धनको सरकारले ऐन नै बनायो।
निर्वाचनका बेला नेपालका सबै राजनीति दलले राज्यका पदाधिकारीको सुविधा नबढाउने
प्रतिबद्धता व्यक्त गरेका थिए। कतिले पाउने सुविधा समेत नलिने घोषणा गरेका थिए। तर अहिलेको सरकारले अत्याधिक कर बढाएको छ। सत्तामा पुगे पछि उल्टै पदाधिकारीको
सुविधा बढाउने र सुविधाका महङ्गा गाडी चढेर राज्यको ढुकुटी स्वाहा पार्न उद्दत छन्।
र, सोही मुताविक संसदमा विधेयक पेश गर्ने  र पास गर्ने होडबाजी जस्तै छ। यो देख्दा र
सुन्दा जनता तीन छक परेका छन्। चुनावमा गरेका वाचा पुरा गरेका छैनन्। त्यसैले अब
नेपालीलाई उखान टुक्का र भाषण मात्र होइन,एजेण्डा भएको नेता चाहिएको छ। जनताको
भावना र मर्म अनुसार काम गर्ने नेताको खाँचो भएको छ। नेताका बोलीमा विश्वसनीयता हुनु
पर्यो। ढांटछल र कपटले मुलुक चल्दैन। नेपाली जनताले नेतालाई चिनिसके । अब नेपालीले
ढाँट छल गर्ने नेतालाई पत्याउदैनन्। भाषण गर्न जान्ने मात्र होइन काम गर्न जान्ने पनि नेता
चाहिन्छ भन्न थाले। चुनावमा राजनीति दलका एजेण्डा जनता  सामु पुर्याउन भाषण जरूरी हुन्छ। नेताका जनसन्देश वा भाषण मिठास संगै सत्य र तथ्यसंगत हुनु पर्छ। प्रतिस्पर्धामा उत्रेको नेपाली
काँग्रेसका केन्द्रियस्तरका नेतृत्वदायी भाषण जनताले बुझिएन भनी गुनासो गरे। नेपाली काँग्रेस एजेण्डाको व्याख्या गर्न नजानेर हारेको
हो।

ती भाषणमा सत्यता थियो होला। तर प्रष्ट र दमदार भने भएन भनी जनताले सुझाए।
जनताले नेताको एजेण्डासहितको ओजपूर्ण भाषण मनपराउँछन्। नेताले नबोलि जनता
सूसुचित हुन सक्दैन्। जनताले बुझ्ने गरी नेताले बोल्नु पर्छ। भाषा बुझिएन भने जनताले सूचना
पाउदैनन्। बोलिनै नबुझिने नेतालाई नेता बनाउने कार्यकर्ता उर्फ जनतानै हुन। नेताको
के दोष ? कार्यकर्ताले भोट हालेरै नेता बनाएका हुन्। दोष त कार्यकर्ताको पो हो। बोली नफुटेका
नेतालाई सम्मानित गरी राख्न मिल्छ ? चुनावी प्रतिस्पर्धा उत्रेको कांग्रेसका नेताले यो कुरा
बुझेनन्। त्यसैले गर्दा तेस्रो पार्टी भयो। कांग्रेसले यो कुरा बुझ्नु पर्छ। विश्व राजनीतिमा भाषणको महत्व भने नभएको होइन। भाषण मार्फत् नेताले आफ्नो पार्टीको अवधारणा प्रस्तुत गर्दछन्। जोशिला शब्द,मिठासपूर्ण एवम् कलात्मक प्रस्तुतिका आधारमा जुन नेताको भाषण मन पर्छ, जनता उसैलाई भोट दिन्छन्। विश्वका कतिपय नेताहरूले ऐतिहांसिक भाषण र भावी योजनाबाट आ–आफनो देशमा परिवर्तन ल्याए। नयाँ विचारको विश्वलाई परिवर्तन दिए। नेताले बोले, भाषण गरे। मुलुकलाई सुशासन दिए। जनताले लेखाजोखा गर,े पत्याए। जनताले नेता छाने। नेताले जनताको मन जिते देश बन्यो। बोलीमा दम भएका र काममा इमानदार भएका केही उदाहरणीय व्यक्तित्वहरूमा पर्दछन्– ग्रिक कमजोर हुनुहुँदैन भन्दै एथेन्सका पेरिकलले नागरिकहरूले ग्रिकलाई शक्तिशाली बनाउन भने। उनले ग्रीकमा फरवरी ४३१ बिसीमा आम नरसंहार भएको बेला दिएको भाषणले ग्रिक बलियो बनायो। अमेरिकीलाई संयुक्त हुन र बलियो हुन त्यसको त्यहाका

राष्ट्रपति अब्राहम लिंकनले २००० वर्षपछि मात्रै त्यस्तै भाषणबाट गरका े थिए। त्यसैगरि रतलाई लामो शासन गरका ेबेलायतलाई महात्मगान्धीले १९४२ मा चर्चित भाषण गरका थिए। भार े त छोडो आन्दोलनको नेतृत्व गररे शान्ति र अहिंसाको नीति लिएर भारतलाई बेलायतबाट स्वतन्त्रता दिलाए। बेलायतमा दास प्रथाको अभियन्ता विलियम वाइपर फोर्सले आफ्नो देशले सामाजिक न्याय नगरेको देखि मे १७८९ बेलायती सांसदलाई तल्लो सदनलाई संबोधन गरका थिए। सामाजिक विभेदले देश बन्दैन भन्ने लागेर दास प्रथा उन्मुलनको महत्वपूर्ण सामाजिक सुधार त्यस पछि बेलायतमा सामाजिक विभेद हटेको थियो। त्यसैगरि मार्टिन लुथर किङको २८ अगस्ट १८६३ अमेरिकामा पूर्ण स्वतन्त्रता अझै पनि कायम हुन सकेको छैन। काला गोरा बीचको विभेद
कायम छ भनेर उनी चर्चामा आएका थिए।


दक्षिण अफ्रिकाका नेता तथा राष्ट्रपति नेन्सन मण्डेलाले सन् १९४२ मा जातिय विभेद विरुद्ध चर्को भाषण गरे र आफ्नो अभियानमा सफल भए। यसरी एउटै भाषणले अध्यारो मुलुकलाई उज्यालो बन्छ भन्ने केहि उदाहरण मात्र हुन्। यी विश्वका नेताको कुरा जस्तै नेपालका अहिलेका नेताले मुलुक बनाउन सिके हुन्छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चन्द्रशम्सेर र बीपी कोइराला चर्चित छन्। 

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चन्द्रशम्सेर र बीपी कोइराला चर्चित छन्। चन्द्रशम्सेरले १९७७ सालमा काठमाण्डौंको टुँडिखेलमा गरेको भाषणले नेपालमा कमाराकमारी (दास) प्रथा उन्मुलन भयो। युरोप र अमेरिका पछिको महत्वपूर्ण उपलब्धि मानिन्छ। उनले मानवतावादी काम गरे। त्यस्तै बीपीले पनि परिवर्तनकारी भाषण गर्दथे। २०१६ सालमा नेपालमा राज्य, रजौटा
उन्मुलन कानुन बनाएर राज्य, रजौटा प्रथाको उन्मुलन गरे। बीपी १९४७ इस्वीमा बीपीले नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको आयोजना गर्नु भयो। संस्थापक कार्यकारी अध्यक्ष छानिनु
भयो। तरूण कोइरालाको विचारधारा स्पष्ट थियो– प्रजातान्त्रिक समाजवाद। (प्रदिप गिरि–२४
भदौ २०७५ कान्तिपुर) यो नारा र सिद्धान्त कायम नै छ। यो नारा परिवर्तनको कोशेढुंग्गा
सावित भयो। यसबाट प्रजातान्त्रिक समाजबादमा नेपालमा लागु हुनु पर्छ भन्ने ऐतिहासिक नारा
रह्यो। २००७ सालको परिवर्तन यही सिद्धान्तले उनी ऐतिहासिक व्यक्तित्व, महापुरूष भए। यो नारा नेपाली राजनीतिमा लागु गर्न संसदीय व्यवस्था नै उपयुक्त मानियो। नेपालमा अहिले
पनि नेपाली राष्ट्रिय कांग्रेसले लिएको संसदीय व्यवस्थामा कमा र बाइमात्रा पनि परिवर्तन भएको छैन। अन्तराष्ट्रिय जगतमा नेपालका नागरिक अर्थात नेता उनीमात्र समाजवादीका नाममा परिचित छन्। उनले लिएको नीतिले नै उनी महामानव भएका हुन्। अहिले उनी ईतिहास भए।
माथिका विश्वका कतिपय देशि विदेशी ऐतिहासिक व्यक्तित्वहरूले परिवर्तनको शंखघोष गरे जस्तै अहिलेका नेताले लोकतान्त्रिक समाजवादलाई लागु गर्न समयले लोकतान्त्रिक दलबाट मात्रै यो संभव छ। यसको नेता पनि अहिले भएका लोकतान्त्रिक दलबाट निस्कनु पर्दछ।
हाम्रो मुलुकमा एकथरि धार्मिक अर्को सामाजिक सवाल छन्। पहिलोः धार्मिक सवाल,नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दू छन्।यिनीहरूको धार्मिक आस्थामाथि प्रहार भएको छ। २०६८ सालको जनगणनामा हिन्दू कति छन् ? तथ्याङ्क नै काफी छ। यति धेरै जनताको आस्थामाथि कुठराघात गर्दै धर्म निरपेक्ष राज्य बनाउनु दलहरूको अकर्मण्यता नै हो। यति धेरै हिन्दू भएको मुलुकमा हिन्दू राज्यको घोषणा गर्न के ले छेक्यो ? राष्ट्रलाई एक ढिक्का बनाउन पनि हिन्दू राज्य बनाउनु पर्छ। हिन्दू राज्य कायम नभई मुलुक एक ढिक्का हुनै सक्दैन। नेपाली जनताको माग पनि हो।
दोस्रोः समाजिक सवाल, नेपालमा अझै पनि विविध खाले विभेदहरू विद्यमान छन्। तर समाजिक रुपमा अपाच्य कथित छुवाछुतको मारमा १३ प्रतिशत जनता छन्। यो विभेद अमेरिका र बेलायतको तत्कालीन काला र गोरा बिचको विभेद जस्तै हो। दक्षिण अफ्रिका जस्ता देशमा भएको एन्टी अपर्थाइट (जातिय विभेद विरुद्धको अभियान) जस्तै हो। नेपालमा यो समस्या अहिले पनि जटिल रूपमा रहेको छ। भान्छा चल्दैन, पानी पँधेरोमा, पानी चल्दैन। हिन्दू भएर पनि कतिपय जातिका मानिस मन्दिर पस्न पाउँदैनन्। नागरिक स्वतन्त्रताको धज्जी उडाउने काम भइरहेको छ। र, यस्ता जातिय विभिदसँग जोडिएका गम्भीर मानवअधिकार उल्लंघनका घटना घटिरहेका छन्।

यसै कारण हिन्दू विरुद्ध फरक धार्मिक आस्था भएको धार्मिक संस्थाले हिन्दू धर्मलाई विभाजन गने र्मौ का पाएका छन्। यसैले विभेद (छुवाछुत) को अवस्था मानिस मानिसबीच छुवाछुतलाई व्यवाहारमै हटाउन केले छक्यो ? नेपाली समाजलाई आधुनिक समाज भेदभावरहित राज्य, विभेद विनाको राज्य निर्माणको वाधक के छ? आम जनताले नेपालमा कुनै किसिमको विभेद छैन भन्ने अनुभूति गर्नु प¥यो। देशभित्रै छुवाछुत र भेदभाव विद्यमान भएको अवस्थामा कसरी लोकतन्त्र छ भन्ने? यसतर्फ नेताहरूको होस आउनुपर्ने होइन ? यी समस्या समाधान गर्न के ले छेक्यो ? वास्तवमा यी सारा समस्याको निकास खोज्न नसक्ने र राजनीतिक संस्कारहीन नेताको अकर्मण्यता बाहेक अरु केही हुनै सक्दैन। बोलीमा जस्तो कार्य सम्पादन गर्न नसक्ने, दोषारोपण मात्र गर्ने तर कर्म गर्न नजान्ने असफल नेतृत्व नै यसको मूल कडी हो। त्यसैले अब हामीलाई बोलीमा होइन व्यवहारमा छलाङ दिने नेता चाहिएको छ। नेपालको भू–राजनीति सन्तुलन राख्दै राष्ट्रियता,लोकतन्त्र, समाजवाद र विकासलाई समानान्तर हाँक्न सक्ने, काम गर्ने नेता चाहियो। उखान टुक्के नेता होइन।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला