सेभ द चिल्ड्रन सेभ द नेशन” ले HIV Positive बालबालीकाको लागी जापानमा साँस्कृतिक कार्यक्रम गर्दै

ZEN Travels




सेभ द चिल्ड्रन सेभ द नेशन” ले HIV Positive बालबालीकाको लागी नेपाली साझा समाज जापान, गुलमी आँपचौर सेवा समिति जापान र बाल संरक्षण विकाश समिति सँग सहकार्य गरी संयुक्त आयोजनामा जापान को विभिन्न स्थानमा आउदो जनवरी ४ ५ र ६ २०१९ मा Charity Program गरने भएको छ।


जनवरी ६ मा टोकियो स्थित नाकानो जेरो हलमा  सो कार्यक्रममा नेपाल देखी आउने कलाकारहरुको भिषा प्रकृया पुरा भईसकेको संयोजक अनुरोध घलेले बताउनु भएको छ ।
नेपालदेखी आउने कलाकारहरुमा राजेश हमाल ,गायक हेमन्त राना, लोक गायक हेमन्त शर्मा र चचित गायिका प्रिती आले जापान आउँदैछन भने सुर्य खड्का जापानका स्थानीय लोक गायक टोक्यो तताउने भएका छन् ।
जापानमा अहिलेसम्म भएका कार्यक्रमहरुमध्ये छुट्टै पृथक कार्यक्रम भएकोलेले भव्यताका साथ सफल हुने संस्थाका अध्यक्ष महेन्द्र अधिकारीले आशा ब्यक्त गर्नु भएको छ । विशुद्ध सामाजिक भावनाले गर्न लागेको कार्यक्रममा अभियानमा एनआरएन जापानको पनि हामीलाई सहयोग हुने सम्झौता भएकोले कार्यक्रम भव्यताका साथ सफल हुने पूर्ण विश्वास गरिएको छ । 

SAVE THE CHILDREN SAVE THE NATION का संस्थापक जेम्स कार्कीले यो विशुद्ध रुपमा सामाजिक भावनाले गरिएको कार्यक्रम भएकोले सबैको साथ पाउने आशा ब्यक्त गर्नु भएको छ |

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला