कांग्रेसको प्रस्तावित विधान समावेशी नभएको भन्दै विरोध

ZEN Travels

काठमाडौं ।

प्रस्तावित विधान मस्यौदामा देखिएको विवाद समाधान गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी संख्या र तिनीहरुको निर्वाचन प्रणालीका विषयमा देखिएको विवाद टुंग्गाउने प्रयास हुने छ ।

यसले शनिबारदेखि जारी महासमिति बैठकलाई समेत थप लम्ब्याउने भएको छ ।

लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष नेताहरुले मंगलबार साँझ उपसभापति, महामन्त्री र सहमहान्त्री २–२ जना राख्ने र कोषध्यक्षबाहेक सबै निर्वाचित हुने सहमति गरेका थिए ।

त्यसअनुसार हिजो दिउसो केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले प्रस्ताव पेश गरेका थिए ।

तर, देउवा पक्षीय केन्द्रीय सदस्यहरुले समावेशी नभएको भन्दै यो सहमतिको विरोध गरे ।

विरोध गर्ने नेताहरुमा फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, वीरबहादुर बलायर, किशोर सिंह राठोर, एनपी साउद लगायतका छन् ।

सभापति निकट नेताहरुले एकाएक समावेशीताको मुद्दा उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापतिबाटै धोका भएको निष्कर्ष निकालेका छन् ।

केन्द्रीय समितिबाट प्रस्तावित विधान पारित हुन नसक्दा महासमिति बैठक पनि लम्बिएको छ ।

महासमिति बैठक आजबाट पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला