कांग्रेसले १६ देखि ४५ वर्ष उमेर सम्मका युवा उद्यमीलाई ऋण दिने

ZEN Travels


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६ देखि ४५ वर्ष उमेरसम्मका युवा उद्यमी लक्ष्य गरी सहुलियतपूर्ण ऋण दिने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
कांग्रेस महासमिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको ‘नेपाली कांग्रेसको आर्थिक नीति प्रस्ताव’ मा नवीन सोचसहितको युवा जाँगर र उद्यमशीलता उपयोग गर्न युवा उद्यमीलाई सुहलियतपूर्ण ऋण दिने नीति ल्याइने उल्लेख छ । कांग्रेसको आर्थिक नीति प्रस्तावअनुसार तरुण सीपवृत्ति, स्नातक उपाधि हासिल गरेका तर बेरोजगारी शिक्षित युवालाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरेवापत भत्ता, कम शिक्षा हासिल गरेका अन्य युवालाई दक्ष बनाउन ऋण र निरन्तर तालिम, १ सय २० दिने रोजगारीको ग्यारेन्टीलगायत कार्यक्रमले ठाउँ पाउने गरी वृहत युवा केन्द्रित नीति ल्याइने छ ।
उहाका अनुसार उद्यमशील युवालाई आवश्यक ‘बिजनेस इन्क्युबेटर’ को व्यवस्था गरिने छ र ‘स्टार्ट–अप’ कम्पनीलाई सहज र सहुलियतपूर्ण वित्तीय उत्प्रेरणा दिने नीति लिइने छ । युवा संलग्नतामा ‘आफ्नै सरकार–खुला सरकार’ अवधारणालाई मूर्तरूप दिन संकलित राजस्व र खर्चलगायतका सूचना नियमित सार्वजनिक गरिने छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला