स्पेनको बार्सिलोनामा धुमधाम संग ल्होसार मनाईयो

ZEN Travels

बार्सिलोना । विदेश भुमि स्पेनमा ल्होसार भब्य रुपले सम्पन्न भएको छ । तमु समाज स्पेनको आयोजनामा डिसेम्बर २५ का दिन सम्पन्न भएको सो कार्यक्रमका अध्यक्षता तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङले गर्नु भएको थियो । प्रमुख अतिथि एन आर एन आई सी सी सदस्य मुक्त गुरुङ , बिशेस अतिथिमा एनआरएन आई सी सी सदस्य शितल भुर्तेल भुषाल लगायत अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु ,अन्लाईन मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा उपस्थिति अतिथिहरुलाई बिनु गुरुङले ब्याज ,खादा लगाई दिनु भएको थियो । आफ्नो मौलिक भेषभुषामा स्पेनका गुरुङ (तमु )हरुको साथमा गैर गुरुङ नेपालीहरुको पनि बाक्लो उपस्थित रहेको थियो । सभाध्यक्ष ,प्रमुख अतिथि बिशेष अतिथि ज्युहरुले पानसमा दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रममा नेपाली राष्ट्रिय गितको गौरवशाली धुन संगै अगाडी बढेको थियो ।

शुभकामना मन्तब्य हरेक संघ संस्थाहरुको तर्फ़ बाट गैर आवासीय नेपाली संघ स्पेनका उपाध्यक्ष सुनिल रानाभाटले दिनु भएको थियो भने ,प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य मुक्त गुरुङले नेपाल बहुजाति बहुभाषी देश भएकोले विभिन्न जातीय सस्कार ,सस्कृति देशको सम्पत्ति भएकोले सम्रक्षण गर्नु पर्ने भन्नु हुँदै ल्होसारको शुभकामना दिनु भएको थियो । त्यस्तै बिशेस अतिथि शितल भुर्तेल भुषालले पनि शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको समापन गर्नु हुँदै सभापति तथा तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने ,कार्यसमितिका साथीहरु लगायत संयोजक लगायत विभिन्न उपसमिति संयोजक तथा उपस्थित सबैलाई धन्यवाद तथा ल्होसारको शुभकामना दिनु भएको थियो ।

कार्यक्रम समापन पछि गुरुङहरुको मौलिक सस्कार सस्कृति झल्काउने विभिन्न सास्कृतिक कार्यक्रमहरुले मनोरंजन दिलाएको थियो भने कार्यक्रम भरिनै खानपिनको राम्रो बेबस्था गरिएको थियो , अतिथि /पाहुनाहरुलाई रेखदेखमा बिशेस ध्यान दिएको थियो । अन्त्यमा डिजे म्युजिक धमाकाले सबै झुम्न बाध्य गरेका थिए । तमु समाज स्पेनले बिदेशमा भए पनि आफ्नो छुट्टै मौलिक तरिकाले प्रत्येक बर्षको ल्होसार भब्य रुपले मनाउदै आईरहेको छ ।


पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला