SAVE THE CHILDREN SAVE THE NATION द्वारा जनचेतना कार्यक्रम तथा स्विटर वितरण सम्पन्न

ZEN Travels

तस्विर सहित

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था SAVE THE CHILDREN SAVE THE NATION द्वारा आज पोखरा १६ अर्मलामा रहेको शान्ति उच्च माविमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक  तथा स्विटर वितरण कार्यक्रम सम्पन्न गरेको छ |

SAVE THE CHILDREN SAVE THE NATION का प्रतिनिधि द्वारा स्विटर हस्तान्तरण गर्दै

कार्यक्रममा  स्वास्थ्य सम्बधि बालबालिकाले भोग्नु पर्ने समस्या समाधान बारे मितेरी अस्पताल कि अयब माधबि सिग्देलले आफ्ना भनाइ राख्नु भएको थियो | बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष निर्मल प्रसाद आचार्यले यस्ता कार्यक्रमले स्वास्थ्य संम्बन्धी जनचेतना फैलिनु का साथि गरिब बिद्यार्थीलाई राहात महसुस हुने बताउदै आगामी दिनमा पनि हाम्रो आगनमा आइदिनु हुन् आग्रह गर्नु भएको थियो |

स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिदैं स्वास्थ्यकर्मी माधवी सिग्देल

संस्थाका गण्डकी प्रदेश संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि कमल पौडेलले संस्थाले गर्दै आएका कार्य भावी योजना , बालबालिकाको स्वास्थ्य र भविष्यबारे बोल्नु भएको थियो |  अहिलेको सानो मिहिनेतले भविष्य राम्रो बन्ने हुदाँ बालबालिकाले भविष्य सोचेर अध्ययनमा जोड गर्न आग्रह गर्दै आगामी दिनमा पनि संस्था हजुरहरुको माझमा यस्तै सहयोग लिएर आउने प्रतिबद्ता  गर्नु भएको  थियो | आज सानो सहयोग लिएर आएका छौ भोलिका दिनमा अझै सक्दो सहयोग गर्ने छौ कमल पौडेलले भन्नु भयो |


बालबालिकाको स्वास्थ्य र भविष्यबारे बोल्नु हुदै प्रमुख अतिथि तथा संस्था प्रतिनिथी कमल पौडेल

कार्यक्रममा संस्थाका प्रतिनिधि तथा रेडियो अकला अध्यक्ष बिराज शर्मा , अर्जुन कुमार लामिछाने, बिद्यालयका अभिभावक तथा विद्याथीको उपस्थिति रहेको थियो | कार्यक्रममा २६ जना बिध्यार्थीलाई स्विटर वितरण गरिएको थियो |

स्विटर वितरण पश्चात सामुहिक तस्विर लिदै संस्था प्रतिनिथी र बिद्यार्थीहरु |

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्र.अ गणेश बहादुर खड्काले  आगामी दिनमा पनि यस्तै सहयोग गरि गरिब तथा बिपन्न बालबालिकाको भविष्य निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गर्नु भएको थियो भने कार्यक्रममा संचारकर्मी लक्ष्मी गिरिले कार्यक्रमको संचालन गर्नु भएको थियो |

उपस्थित अतिथि बिद्यार्थी गुरु बर्ग तथा अभिवाभावक सम्पूर्णजन

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला