महिला उद्यमी देबकोटा सम्मानित, सस्थाको हितमा सहयोग गर्ने प्रतिबद्धता

ZEN Travels

सबिता शर्मा पोखरा –

खुशी जीवन स्वच्छ समाज,खुलेर निकालौ हृदयको आवाज भन्ने नारा सहित स्थापित हृदयको आवाज सस्था पोखरा माहानगरपालिका १६ बाटुलेचौरको प्रथम साधारण सभा स्म्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अथिती पोखर माहानगरपालिका १६ का वाडा अध्यक्ष जीवन प्रसाद आचार्यले हृदयका आवाज संस्थाको स्थापनाले १६ वाडमा महिलाहरुको क्षमता बिकासको साथमा विभिन्न क्षेत्रको बिकासमा टेवा पुग्नेमा आफू आशाबादी रहेको बताउदै आफुले जुन तरिका बाट भएपनी सस्थाको हितमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

सहि अबसरमा सस्थाले महिला उद्यमी पम्फा देबकोटालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ।देबकोटा दिप आईस क्रीम कम्पनी पोखरा २६ कि सन्चालिका हुन।सम्मानित गर्दा कार्यक्रममा बोल्दै आफुले आफ्नो श्रीमान बाट धेरै पीडा पाए पनि आफू कहिले हिम्मत नहारी आफ्नो कर्ममा लागेर नै सम्मानित भएको भन्दै हिम्मत कहिले नहार्न सम्पुर्ण महिलाहरु लाई सुझाब दिईन। कार्यक्रमा कृषि बिज्ञ बेलिबहादुर बस्नेत,जिल्ला समन्वय समिती कास्की कि सदस्य गोमा देबि गौतम,हिमालयन क्लबका अध्यक्ष मोहन थापा अ्म्बिका आमासमुहकी अध्यक्ष लक्ष्मी देबकोटा,पोखरा आमा समुहकी प्रतिनिधि दुर्गा थापा लगायतले बोल्नु भएको थियो।

कार्यक्रममा भिन्न क्षेत्रमा कार्यरत महिला हरुको उल्लेखनिय उपस्थिती रहेको थियो। कार्यक्रमको समापन क्रममा बोल्दै सस्थाकी अध्यक्ष सारदा बस्नेतले महिलाहरुको क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई हल गर्दै महिलाहरु लाई आत्मनिर्भर बनाउने हेतुले सस्थाको स्थापना बताउनु भयो।उहाँले भन्नू भयो ‘सबैको साथ र सहयोग पाएमा सस्थालाई पोखरा १६ मा मात्र होइन सस्थालाई देश ब्यापी बनाउन हामी तत्पर छौ’।

सस्थाका अध्यक्ष सारदा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सहसचिब चन्द्रा थापा र कार्यक्रमको सन्चालन सस्थाका सचिब मन्जु श्री बस्नेतले गर्नु भएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला