सभामुख र अध्यक्षलाई गाडीको लस्कर

ZEN Travels

काठमाडौं-

संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले
तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन्।
सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४÷४ वटा गाडी प्रयोग गरिरहेका छन्। त्यस्तैउपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २÷२ वटा गाडी चढिरहेका छन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा
सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी
प्रयोग गर्न पाउने व्यवस्था छ । सचिवालयका अनुसार सभामुख महराले बा१झ १२६८ जिप, बा१झ ८८८२ स्कोर्पियो (नया“), बा२ झ २८६३ नं.को कार (गृहबाट प्राप्त) र बा१झ ८४८४ नम्बरको स्कोर्पियो लिएका छन्।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले संसद् सचिवालयबाट चारवटा गाडी लिएको भए पनि सभामुखले एउटा मात्रै गाडी प्रयोग गरको े बताए । ‘सभामुखज्यूले नियमअनुसार एउटा मात्रै गाडी प्रयोग गर्नुहुन्छ,’ उनले भने। सहसचिवस्तरका स्वकीय सचिवले सचिवालयको नियमअनुसार
एउटा, निजी सचिवालयमा एउटा र औपचारिक कार्यक्रममा जान गृहले दिएको कालो गाडी प्रयोग हुने गरको े उनले जानकारी दिए ।
त्यस्तै, अध्यक्ष तिमल्सिनाले बा२झ ७८९४ जिप, बा२झ २८७० नया“ स्कोर्पियो, गृहले उपलब्ध गराएको बा१झ ८२२९ कार र बा२झ १६९१ किया कम्पनीको कार सचिवालयबाट
लिएका छन् । अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले चारवटा गाडी लिए पनि अध्यक्षले दुईवटा मात्रै प्रयोग गरको े बताए । उनका अनुसार गृह मन्त्रालयले दिएको कालो गाडी
औपचारिक कार्यक्रममा प्रयोग गर्ने, एउटा निजी सचिवालयले प्रयोग गर्ने र दुईमध्ये एउटा अध्यक्षले नियमित प्रयोग गरको उनले बताए ।

आजको कान्तिपूरको पहिलो पृष्ठमा मकर श्रेष्ठले खबर लेख्नुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला