काँग्रेस पर्वतमा पनि मेलमिलाप दिवसः गुनासा धेरै,प्रेस युनियनलाई पार्टीले नखोजेको आरोप,एमाले सांसद पदम गिरीकी भाउजु काँग्रेसमा प्रवेश ।

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत ।

नेपाली काँग्रेस केन्द्रले निर्देशन गरे अनूसार सोमबार यहाँ मेलमिलाप दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम बोल्ने अधिकांश माहसमिति सदस्य तथा माहधिवेशन प्रतिनिधीहरुले काँग्रेसले विशेश्वर प्रसाद् कोइरालाका नारा भजेर राजनिती गरेको गुनासो गरे । कसैले एकअर्कालाई आरोप प्रत्यारो सम्म लगाउन भ्याए ।
प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सद्स्य दिपक गिरीले काँग्रेसको एकता आवश्यक रहेको बताए ।उनले गटउपगुटको खेती गर्दा काँग्रेसले हार व्यर्होन परेको औंलाए ।

हालै,सम्पन्न भएका स्थानीय,प्रदेश तथा प्रतिनिधीसभाका निवार्चनमा काँग्रेसले आफ्नै पार्टीका पदधिकारीहरुलाई हराउन काँग्रस नौ लागेको समेत खुलासा गरे । काँग्रसले दिवस मनाउँदै गर्दा पार्टीभित्रका फोहर महिला हटा्उन नसकेको प्रति नेतृत्वको चर्को आलोचना पनि गरे । हालै,सम्पन्न भएका चुनावमा टिकट वितरणमा पनि एक्लौटी किसिमको प्रत्रिया आपनाएको भन्दै खारो रुपमा उत्रिए ।

यता,कार्यक्रममा बोल्दै प्रेश युनियन पर्वतका अध्यक्ष रहेका छविलाल तिवारीले नेपाली काँग्रेसको विचारक संस्थाको रुपमा रहेको प्रेस युनियनलाई पार्टीले अवहेलना गरेको आरोप लगाए । तिबारीले पार्टीले युनियनका सदस्यहरुलाई प्रयोग मात्रै गरेको तर,संरक्षण दिन नसकेको भन्दै दुःख पोखे ।‘हामीले काँग्रेसको इतिहास देखि हाल सम्म पार्टीका समाचार सहित गतिबिधिहरु विभिन्न सञ्चार माध्याम मार्फत सम्पेक्षण ग¥यौं,तर पार्टीले हामीलाई वास्ता सम्म गरेन,‘अध्यक्ष तिवारीले भने,‘यही अवस्था रहिरहे सम्म काँग्रेस सुध्रिन सक्दै भने ।’

उता,हालै सम्पन्न भएको प्रतिनिधी सभाका सांस्द पद्म गिरीकी आफ्नौ भाउजु समेत रहेकी
कस्तुरा गिरि काँग्रेसमा प्रवेश गरेकी छन् । हाल,सम्म तत्कालीन एमालेमा रहेकी गिरीले आफैना घर मिलाउन नसकेने देवरले देश र जनातालाई कसरी मिलाउन सक्लान र ?भन्दै काँग्रेसमा प्रवेश गरेको सो अवसरमा बोल्दै बताइन् ।
अन्तत् नेपाली काँग्रेस पर्वतले सम्पन्न गरेको यो भेलाले काँग्रेसका एकता र सद्भावको खाँचो रहेको औंलाए ।कार्यक्रममा सहभागि भएकाहरुले काँग्रेसक मिलन नहँदा कम्युनिष्टको सरकारले देशलाई धुव्जा धुव्जा पारेको भन्दै,त्यस्ता गतिबिधीहरुको सामना गर्न काँग्रेस पछि नहट्ने प्रतिवद्दता जनाए ।

प्रतिनिधी सभाका सांसद पदम गिरीकी भाउजु काँग्रेसमा प्रवेश ।

नेपाली कांग्रेस पार्टी प्रबेश गर्दै कस्तुरा गिरि

Posted by Rk Lamichhane on Monday, December 31, 2018

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला