रेशमकुमार चौधरीलाई सरकारले काँध थापेपछि दीपक मनाङ्गेले पनि सपथ लिने

ZEN Travels

काठमाडौं –

मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्।

प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ।

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए।

मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।

यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद दीपक मनाङ्‍गेको सपथ के हुने भनी चर्चा सुरु भएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला