लेखेर राख्नुस् यो सरकारका बाँकी ४ बर्ष पनि भुकेर,भष्ट्रचार गरेर,बलत्कारीलाई संरक्षण गर्दैमा जान्छ –केन्द्रिय सदस्य जोशी

ZEN Travels

पर्वत–

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई भुक्ने कुकुरको संज्ञा दिएका छन् । नेपाली काँग्रेसका फलेवास नगरपालिका–८ ठानामौलाका उपसभापति डिलवहादुर कुवँरको १० औँ दिनको पु०य तिथीमा आयोजित शोक सभामा बोल्दै केन्द्रिय सदस्य जोशीले भुक्ने कुकुरले कहिल्यै नटोक्ने भन्दै सरकारले काम गर्न नसक्र्ने दावी गरे ।
बर्तमान सरकार छोटो समयमै अलोकप्रिय भएको बताउँदै दुई तिहाई सरकारका गतिविधी हेर्दा छोटो अवधिमै अलोकप्रिय देखिएको छ । ‘भुक्ने कुकुरले कहिल्यै टोक्देन्,सरकार पनि भुकेको मात्र छ, काम गर्न सक्देन,’ जोशीले भने,‘कुकुर भुकेर केही हुदैन, सरकार पनि भुक्ने मात्र हो, टोक्न सक्देन ।’ दुई तिहाई सरकार भष्ट्राचार र बलात्कारीको दलदलमा फसेको बताउँदै सरकारवाट आश गर्नु मुर्खता मात्र हुने छ ।
‘जनता माझ भ्रम फैलाएर लिएको जनमत सरकालाई तातो दुध निल्नु न वकाल्नु भएको छ,–जोशीले भने,’ ‘कमम्युनिष्टहरु भ्रम फैलाउन सिपालु हुन्छन, निर्वाचनको बेला उट्पट्याङ– उट्पट्याङ बोल्नेहरु आज कुरा फेदै हिँडेका छन् ।’ जनतालाई हरेक कुरामा ढाँटेका कारण सरकारको शेख ढलिसकेको जोशीको भनाई छ ।
‘सरकारले जनताको आँखामा छारो हार्न शुरुवाती चरणमा केही सुधारका संकेत देखिए पनि परिमाण केही नआउँदा आशंका बढेर गयो, जोशीले भने,‘यातयात सिण्डिकेट, ३३ केजी सुन काण्ड, निर्मला पन्तको बलात्कारी पत्ता लगाउन नसक्नु, निर्माण व्यवसायीलार्य कारबाही गर्न नसक्नु, कर बढाउनु, भष्ट्राचार र बलात्कारीको संरक्षण गदै हिँड्नुले सरकारको अलोकप्रिय भएको प्रष्ट प्रष्ट देखिन्छ ।
सरकारले अहिले बाईडवडीमा अबौ घोटाला गर्नेलाई संरक्षण गर्न खोजेको बताउँदै भष्ट्राचारीलाई कारवाही नगरे काँग्रेस चुप लागेर नबस्ने उहाँको भनाई थियो ।
एक फरक प्रशंज्ञामा बोल्दै जोशीले काँग्रेस अब सच्चिए अगडी बढ्ने जिकिर गरे । विगत भएका कमी कमजोरीलाई औलाएर काँगेस अव नयाँ ढंगवाट अगडी बढ्ने उनको भनाई छ । स्वगिय डिलबहादुर कुवँर जस्ता निष्ठावान कार्यकर्ताहरुको सपना पुरा गर्नका लागि पार्टी अव एक ढिक्का भएर अगडी बढ्नुपर्ने जोशीले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला