पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

ZEN Travels

काठमाडौं ।
विदेशी लगानीका रूपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरको छ । यही पुस १० गते न्यायाधीश
दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो। उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) रकम बैंकबाट झिकिसकेका छन्।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनू र उनको खाता पहिलेकै अवस्थामा राख्नू भनी आदेश जारी गरको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दुईपक्षीय छलफल नै नगरी अघिल्लो पटकको अन्तरिम आदेश नै फैसलाजस्तो हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन्। ‘पैसा निकालिसकेपछि अहिले आएको अर्को आदेशको के अर्थ? अहिलेका प्रधानन्यायाधीशलाई पहिलेका न्यायाधीशले गरको आदेश सही नलागेर अर्को आदेश दिए । इज्जत जोगाए,’ कार्कीले भनिन्, ‘आफ्नो कर्तव्य पूरा गरे। पैसा लगिसकेको बारमा अब सर कारले दह्रो भएर हेर्नुपर्छ ।
चलिरहेको मुद्दामा योभन्दा बढी के भनां र सुमार्गीले पैसा झिकिसके पनि मंगलबारको आदेश उक्त रकम पहिलेकै अवस्थामा कायम राख्नू भन्ने छ । ‘अन्तरकालीन आदेश जारी हुनुभन्दा अघिको अवस्थामा बैंक खातालगायत जे–जस्तो अवस्थामा थियो, सोही अवस्थामा अर्को आदेश
नभइन्जेलसम्म यथावत् राख्नू भनी विपक्षीका नाममा आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
यसअनुसार राष्ट्र बैंकले कस्तो कदम चाल्ने छ ? भन्ने प्रश्नमा अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन्। आदेशपछि सुमार्गीले झिकिसकेको रकम फिर्ता हुने हो वा लगिएकै अवस्था कायम हुने भन्ने अन्योल देखिएको छ ।-kantipur Dainik

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला