सोझा जनतालाई ढाँटेर सत्तामा पुग्नी चुनावमा भनेका कुराहरु थाहा छैन,सुनेको छैन भन्दै सर्मथन गर्ने, नेकपालाई भोट हालेका जनता समेत अतालिए–सुरेन्द्र के.सी भिडियो सहित

ZEN Travels

पर्वत ।
नेपाल टेड्र युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.सीले नेकपाको वर्तमान् सरकारले सोझा जनतालाई ढाँटेर सत्तामा पुगेको बताएका छन् । यही पुस २७ र २८ गते गण्डकी प्रदेश स्तरीय काँग्रेस कार्यकर्ता प्रशिक्षण कार्याक्रमको बारेमा रेडियो संवाद गर्दै यस्तो बताएका हुन् । उनले नेकपाले चुनावको बेला भनेका कुरा थाहा छैन,सुनिन् भन्दै खराब सरकारको सर्मथन गरेर नेपालको स्वाभिमान् लुट्न खोजेको आरोप लागाए । के.सीले बिदेशी सामु के.पी ओलीको सरकार लम्पसार परेर धन कुम्लाउने वाहनामा किष्सचयन् धर्म अगांलन पुगेको बताए ।
के.सीले देशमा महंगी,भ्रष्टचार,छोरीहरु बलत्कार सहित हत्यामा सरकारकै संलग्नता रहेका कारण दोषीलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरे । वर्तमान नेकपा सरकारले सिन्डीकेटपर्था पनि समाधान गर्न नसकेको बताए । वाइडवडी खरीद प्रक्रियामा समेत नेकपाको हात रहेको के.सीको आरोप छ । उनले संवादका क्रम्मा नेकपाको सरकारको आयु पनि अब धेरै टिकन् नसकने बताए ।
फरक प्रसंगमा के.सीले अबको ४ बर्षमा नेपाली काँग्रेसको सरकार सत्तामा पुग्ने ठोकुवा गरेका छन् । तर,सत्तामा पुग्न काँग्रेसमय देश हुन,जनता ढुक्कले बाँच्ने वातावरण सिर्जना गर्न काँग्रेसले आफ्नैलाई घात,अन्र्तरघाता गर्न नहुने सुझाएका छन् । यही पुस २७ र २८ गते २ दिन सम्म चल्ने प्रशिक्षणले नेपाली काँग्रेस भित्रका सवै फोहोरमैला सफा गर्दै बलियो घर बनाउन सिकाउने बताए । कार्यक्रमको प्रमुख प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रियसभाका सांसद बद्धि पाण्डे र नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वसासंद अर्जुन जोशी रहनेगरि नेपाल टेड्र युनियन काँग्रेस पर्वत शाखाले निर्णय गरेको जानकारी दिए ।

Posted by Rk Lamichhane on Tuesday, January 8, 2019

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला