८८ बर्षीय बृद्धले खुर्कोट अर्मादी समसानघाटमा खानेपानीको धारा निमार्ण गरे ।

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका २ खुर्कोटका ८८ बर्षीय एक बृद्धले सनसानघाटमा खानेपानी पु¥याएका छन् । उनले दिवंगत भएका ब्यक्तिको दाहसंस्कार गर्ने घाटमा २० एम.एमको पाइप मार्फत खानेपानी पु¥याएका छन् ।
जगदीश पार्वती मुल खुर्कोट खानेपानी उपभोत्ता समितिका अध्यक्ष समेत रहेका रमाकान्त उपाध्यायले आफ्नै सक्रियतामा खुर्कोटको रामेश्वर भगवती देविस्थानमा एकधारा निमार्ण गरिसकेका छन् ।भने,हालै उपाध्यायले खुर्कोटको समसानघाट अर्मादीमा पनि अर्को धारा निर्माण गरेको खुर्कोटका वडासदस्य कालिभत्त शर्माले जानकारी दिए । शर्माका अनुसार पिउने पानीको अभाव भएका वेला धारको पानीले राहत मिलेको छ ।
दाहसंस्कार गर्न जाने मानिसहरुले खानेपानी पिउन सम्म नपाउने अवस्थालाई मध्यनजर गर्दै धारा निमार्ण गरेको उपभोत्ता समितिका अध्यक्ष समेत रहेका रमाकान्त उपाध्यायले बताएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला