नेपाल प्रेस युनियन पर्वतमा उमा अधिकारी चयन ।

ZEN Travels

पर्वत ।
नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौ अधिवेशनले उत्तम अधिकारी र माया अधिकारी दुवैलाई अध्यक्षमा चयन गरेको छ ।
अन्य पदहरुमा सहमति भए पनि अध्यक्षमा मतदान प्रक्रिया लागु भएको हो । कुल ७१ मध्य खसेका मतमा माया अधिकारीले ३० मत प्राप्त गर्दा अर्का अध्यक्ष पदका दाबेदार उत्तम अधिकारीले पनि ३० मत प्राप्त गरेका हुन् । निवार्चन समितिका संयोजक प्रकाश बरालले दिएको जानकारी अनुसार गोलाप्रथाको माध्यमबाट अध्यक्ष पदको टुङ्गोनलगाई ४ बर्षे कार्यकालमा आधाआधा लिने सहमति भएको छ । पहिलो कार्यकालको बिषयमा सहमतिबाट चयन हुने जनाइएको छ ।
कार्य समिति तर्फ पहिलो दिनमा नै सहमति भएको हो । जसमा नेपाल प्रेस युनियन पर्बतको पाँचौ जिल्ला अधिबेशनबाट खुल्ला उपाध्यक्षमा रोशन तिवारी, समबेशी उपाध्यक्षमा ठाकुर रसाईली , सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिव संगीता क्षेत्री लगायत सर्बसम्मत चयन भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला