नेपाल प्रेस युनियन पर्वतको पाँचौ अधिवेशन सम्पन्न,पहिलो कार्यकालको अध्यक्षमा माया अधिकारी,दोस्रो कार्यकालमा उत्तम अधिकारी ।

ZEN Travels

पर्वत ।
नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौ अधिवेशनमा माया अधिकारी र उत्तम अधिकारी दुवै अध्यक्षमा चयन भएका छन् । अध्यक्ष पदमा सहमति हुननसके पछि निवार्चनको माध्यमबाट पनि पुनः दुवैको बराबरी भएको थियो । कार्यकाल पालो पालो प्राप्त गर्ने सहमति अनुसार भएको गोलाप्रथामा माया अधिकारीको पक्षमा गोला परेपछि पहिलो कार्यकाल उनले प्राप्त गर्ने भएकी हुन् । केन्द्रिय प्रावधानमाको ४ बर्षे कार्यकाल मध्य अध्यक्षको २÷२ समयको कार्यकाल दुवैले पाउँने भएका छन् ।
यस्तै,कार्यसमितिका पदहरुमा खुल्ला उपाध्यक्षमा रोशन तिवारी, समाबेशी उपाध्यक्षमा ठाकुर रसाईली , सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिव संगीता क्षेत्री चयन भएका हुन् ।भने,खुल्ला सदस्यहरुमा देवराज पुरी,बिष्णुप्रसाद तिवारी,कामना रेग्मी,मिना पराजुली,मुना शर्मा लामिछाने रहेका छन् । प्रदेश पार्षद खुल्लामा बिषन क्षेत्री,याम परीयार,जीवन्धर शर्मा,प्रकाश आचार्य,इश्वरीप्रसाद शर्मा,पूर्ण कुमार श्रेष्ठ,मोती प्रसाखद चुवाँई,योगाज गिरी,अच्युत तिवारी,रामकृष्ण लामिछाने,छविलाल तिवारी,कामना रेग्मी,सुनिता शर्मा,सञ्जु कुमारी शर्मा,पशुपति कार्की र मुना शर्मा लामिछाने चयन भएका हुन् । यता,केन्द्रिय पार्षदमा छविलाल तिवारी,ईन्द कुमार बिकल्प,गणेश बहादुर क्षेत्री,गोविन्द अधिकारी,रामप्रसाद शर्मा,हरिनारायण रेग्मी,ओमप्रसाद घायल,विश्व प्रकाश प्रसाँइ,सरस्वती शर्मा जिज्ञासु,मुना भूषाल,इन्दिरादेवी शर्मा र बिष्णु गौतम चयन भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला