नारी वचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेसन सम्पन्न सञ्चालक समीतीमा पुन शाक्य

ZEN Travels


कुश्मा –

महीलाहरुको मात्र व्यवस्थापन र सहभागितामा आठ वर्ष अघि स्थापना भएको नारी वचत तथा ऋण सहकारी संस्थाले तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

कुश्मा नगर पालिका पाँचमा रहको संस्थाको अधिवेसन सम्पन्न भएको हो । अधिवेसनले संचालक समीती गठन गरेको छ । समीतीमा संस्थाका अध्यक्ष तुप्ला कुमारी शाक्यको अध्यक्षतामा ११ सदस्यीय समीती चयन गरेको हो ।

उपध्यक्षमा सरस्वती भण्डारी रहनुभएको छ । भने सचिवमा भोज कुमारी शर्मा र कोषाध्यक्षमा मन्ज शिलाकार क्षनोट हुनुभएको हो । सदस्यहरुमा माया गिरी , निला श्रेष्ठ , विप्ला जोशी , चन्द्रा श्रेष्ठ , तारा विश्वकर्मा , मन्जु श्रेष्ठ , र कल्पना श्रेष्ठ रहेका हुन । महीलाहरुलाई अर्थिक रुपमा सहयोग गर्दै र आय आर्जनका क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएको हो । २५ लाख मुल पुँजी बाट कारोवार शुरु गरेको सहकारीले अहीले सम्म ६० लाख पुँजी कायम गरेको हो । यस्तै मुद्धती निक्षेपमा १० लाख रहेको कोषाध्यक्ष मन्जु शिलाकारले कार्यपत्रमा प्रस्तुत गर्नुभएको हो । सहकारीको आर्थिक विवरण प्रस्तुत गर्दै विपन्न समुदायका महीलाहरुलाई एकतृत गरेर सहुलियत कर्जा उपलब्ध गराउँदै आएको बताउनु भयो ।

संस्थाका अध्यक्ष तुप्ला कुमारी शाक्यले ६० लाख कुल पुँजीमा ५५ लाख लगानी गरेको बताउँदै विपन्नका क्षेत्रमा कुखुरा पालन , कृषि तथा व्यापार वाणिज्यमा लगानी भएको बताउनु भयो । आर्थिक क्षेत्रबाट विमुख रहेका दिदिवहीनीहरुलाई समेटेर सञ्चालनमा रहको संस्थाले आर्थिक उन्नतीसँगै नेतृत्वविकासका कार्यक्रम गर्दै आएको छ ।

शाक्यको अध्यक्षतामा सम्पन्न अधिवेसनको सञ्चालन सचिव भोज कुमारीमाले गर्नु भएको थियो भने स्वागत सरस्वती भण्डारीले गर्नुभएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला