नवलपरासीको दाउन्नेमा बस दुर्घटना ३१ जना घाइते ३ को मृत्यु

प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार ०१:००

नवलपरासी । पुर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा घाइते भएका ३१ जना मध्ये ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ईलाम घर भएकी अन्दाजी २५ वर्षकी धनु दर्लामी, मकवानपुर बकाया गा.पा.-५ घर भई हाल विनयीत्रिवेणी गा.पा.-२ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका -२५ बस्ने बर्ष ७२ को हिमलाल न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए । गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा घाईते अन्य २८ जनाको अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउदै गरेको ना.५ ख. ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

(Visited 91 times, 1 visits today)

५ बैशाख २०७८, आईतवार ०१:०० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....