ज्ञादी–कटुवाचौपारी रेडक्रस उपशाखामा एम्बुलेन्स भित्राउने उपप्रमुख सीता लामिछानेको प्रतिबद्धता,अध्यक्षमा फेरी डण्डपानी शर्मा ।

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका ९ ज्ञादी–कटुवाचौपारी रेडक्रस उपशाखाको सातौं साधारणसभा तथा त्रेसो अधिवेशन सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्धघाटन गर्दै प्रमुखअतिथि कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछानेले रेडक्रस मानव सेवामा केन्द्रित संस्था भएको भन्दै आपतबिपतमा रेडक्रस पहिलो सहाराको माध्यमा रहेको बताउनुभयो । उहाँले रेडक्रस निस्वार्थ सेवापदार्यक संस्था रहेकाले यसलाई राजनिति भन्दा टाढा राखेर आपतविपतमा सहयोगी बन्न आग्रह गर्नुभयो । उपमेयर लामिछानेले रेडक्रसको माध्यामबाट जिल्लास्तरमा सञ्चालन भएका मानविय गतिविधीहरु निकै उदारणीय भएको बताउँदै नगरपालिका र आफुले रेडक्रसको थप सेवा विस्तार गर्न आर्थिक सहयोग गर्ने बताउनुभयो । उहाँँले उपाशाखामा शिघ्र एम्बुलेन्स संचालन गर्न पहल गर्ने पनि बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला रेडक्रस सोसाईटी पर्वत शाखाका अध्यक्ष रुद्रबहादुर रिमालले सवै उपशाखाहरुले स्तरन्नती गर्न जिल्लागत रुपमा सहयोगका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले उपशाखाका गतिविधीहरुको प्रसंसा गर्नुभयो । उहाँले ज्ञादी–कटुवाचौपारी रेडक्रस उपशाखालाई वडाले समेत आर्थिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सम्पन्न त्रेसो अधिवेशनले पुनःडण्डपानी शर्मा पौडेलको अध्यक्षतामा ९ सदस्य निर्वाचित गरेको छ । सदस्यहरुमा बद्री लामिछाने,कमल प्रसाद लामिछाने,केशवदास वैरागी,मिना रिमाल,सवित्रा नेपाली,दिनेश लामिछानेर प्रेमनारायण शर्मा अधिकारीलाई चयन गरेको छ । सधारणसभा तथा अधिवेशन ज्ञादी–कटुवाचौपारी रेडक्रस उपशाखाका सभापति डण्डपानी शर्मा पौडेलको अध्यक्षतामा समपन्न भएको थियो । स्वागत मन्तव्य आजीवन सदस्य लक्ष्मी पौडेल र सञ्चालन सचिव बद्री लामिछानेले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला