पर्वत जेसीजको २३ औं पदस्थापन्,जेसीजले एकताको पाठ संञ्चारण गरेको तर्क ,फोटो फिचर

ZEN Travels

कुस्मा ।
पर्वत जेसीज बर्ष २०१९ नयाँ कार्यसमितिको २३ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जेसीज पर्वत बर्ष २०१९ का अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा ३६ सदस्यहरुको पदस्थापन भएको हो । नयाँ कार्यसमितिले जेसीज बर्ष २०१९ मा केहि पदाधिकारीहरुलाई मनोनित पनि गरेको हो ।सो,अबसरका बर्ष २०१८ का अध्यक्ष राजन जोशीले बर्ष २०१९ का अध्यक्ष मोहन आचार्यलाई आफ्नो व्याच सहितको लोगो हस्तानातरण गर्दै आफनो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार ब्यक्त गरेका छन् ।


पदस्थापन कार्यक्रमका प्रमुख अतिथि जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले जेसीज युवाहरुमा एकताको पाठ संञ्चारण गरेको बताए । पौडेलले जेसीजको एकताले भाइचार,सहयोग र हार्दिकताको सन्देश दिएको बताउँदै सवैले यसको अभ्यासलाई अनुसरण गर्न वर्तमान समयमा आवश्यक रहेको बताए । उनले युवाहरुमा नेतृत्व र व्यक्तित्वको बिकासमा यसले महोत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमका बिशेष अतिथि कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले युवा देशका चलाएमान शक्ति रहेको परिवेशमा युवाहरुले विदेश पलायनको सपना नदेख्न आग्रह गरे । उनले विदेशमा केहि समय रहेर आफुले सिकेको सिपलाइए यहाँ आत्मासाथ गर्न सुझाए । उपप्रमुख सीताकाफ्ले लामिछानेले सो अवसरमा बोल्दै १६ देखि ४० बर्ष सम्मका युवाहरु ज्ञान र शत्तिका भण्डार रहेको बताइन् । लामिछानेले युवाको सक्रात्मक सुझाव सल्लाहको खाँचो वर्तमान समयमा मुलकलाई आवश्यक रहेको औंलाइन् ।

हेश पौडेलले जेसीज युवाहरुमा एकताको पाठ संञ्चारण गरेको बताए । पौडेलले जेसीजको एकताले भाइचार,सहयोग र हार्दिकताको सन्देश दिएको बताउँदै सवैले यसको अभ्यासलाई अनुसरण गर्न वर्तमान समयमा आवश्यक रहेको बताए । उनले युवाहरुमा नेतृत्व र व्यक्तित्वको बिकासमा यसले महोत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमका बिशेष अतिथि कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले युवा देशका चलाएमान शक्ति रहेको परिवेशमा युवाहरुले विदेश पलायनको सपना नदेख्न आग्रह गरे । उनले विदेशमा केहि समय रहेर आफुले सिकेको सिपलाइए यहाँ आत्मासाथ गर्न सुझाए । उपप्रमुख सीताकाफ्ले लामिछानेले सो अवसरमा बोल्दै १६ देखि ४० बर्ष सम्मका युवाहरु ज्ञान र शत्तिका भण्डार रहेको बताइन् । लामिछानेले युवाको सक्रात्मक सुझाव सल्लाहको खाँचो वर्तमान समयमा मुलकलाई आवश्यक रहेको औंलाइन् ।


पदस्थापन कार्यक्रम लगतै भएको पुरस्कार बितरण कार्यक्रममा टेकनारायण–देउकुमारी कर्माचार्य उत्कृष्ट स्कारीका निमार्णको आधारमा कार्यक्रम संयोजक बसन्त कर्मार्चायले एरिया ‘बि’ का प्रकाशन संयोजक मन्जु शिलाकारलाई अर्वाड प्रदान गरेका थिए । तुलप्रसाद डम्मर कुमारी उत्कृष्ट पदाधिकारी अर्वाड संस्थापक जेसी बिषम कुमार श्रेष्ठले निवर्तान् अध्यक्ष राजन जोशीलाई प्रदान गरेका थिए । यस्तै,गंगाप्रसाद श्रेष्ठ उत्कृष्ट सहभागिता अर्वाड संस्थापक कृष्ण प्रसाद श्रेष्ठले जेसी हेमन्तबावु आचार्यलाई प्रदान गरेका थिए ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्मा,पत्रकार माहसंघका उपाध्यक्ष प्रनिश गिरी,संस्थापक अध्यक्ष बद्रि पौडेल,उषा चापाँगाई,विनोद शर्मा,रामु शर्मा लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला