ठुलीपोखरीको बाटुलेचौर मन्दिर पुनःनिमार्ण हुँदै, पर्यटकको घुइँचो वढ्ने क्रम्मा,गाउँघरमा रौनक

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका–१२ स्थित ठुलीपोखरीमा अविस्थत प्रसिद्ध धामिर्क स्थल बाटुलेचौर मन्दिरमा श्रदालुझत्तजन र पर्यटकको घुइँचो बढ्न थालेको छ ।
सन् १९७५ मा निमार्ण भएको यो बाटुलेचौर मन्दिर संकटमा परेपछि स्थानीय गणेश पौडेलको नेतृत्वमा गठनभएको नयाँकार्य समितिले यसको प्रचारप्रसार गर्दै पुजापाठका कार्यक्रमहरु सञ्चालन गर्न थाले पछि गाउँघरमा पनि भरीभराऊ छाएको छ ।


करिब ४ हजार भन्दा धेरै बासीन्दाहरुको बसोवास रहेको ठुलीपोखरीमा पछिल्ला दिनमा यसको संरक्षणमा समिति सहित गाउँलेहरु पनि लागेका छन् । लामो समय पछि गत मंसिरमा शतबिच छर्न तिथीमा श्रदालुभक्तजनहरुको बाक्लो उपस्थित रहेको थियो । मन्दिरका अध्यक्ष गणेश पौडेलले मन्दिरको जिर्णद्धार निमार्ण गर्न आर्थिक सहयोग संकलनको अभियानमा समितिसंगै संयुक्त रुपमा लागेका छन् । सडक र यातायातको सुवीधा रहेकाले अहिले मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको अध्यक्ष पौडेलले बताए ।
अहिले बाटुलेचौर कालिका भगवती देविस्थान मन्दिरमा दर्शनका लागि जाने पर्यटकको घुइँचोका कारण व्यापार व्यवसायमा समेत बृद्धि भएको स्थानीय व्यापारी अर्जुन पौडेलले बताए । उनले भने,‘ अब गाउँघर शून्य होला झै थियो,मन्दिरको पुनःनिमार्ण हुने चरणले गाउँ र्फक अभियान सुरु गर्न थालेको बताए ।

अहिले सदरमुकाम कुस्मा, छिमेकी जिल्लाहरु स्याङजा,बाग्लुङ,म्याग्दी,कास्की लगायत देशका विभिन्न स्थानहरुवाट दर्जनौंको संख्यामा दर्शनार्थीहरू आउन थालेपछि त्यस क्षेत्रको व्यापार–व्यवसाय वढेको बताए । उनका अनुसार मन्दिर पुनःनिमार्णभई व्यवस्थीत रुपमा सञ्चालन गर्ने योजना भएपद्धि गाउँवस्तीका स्थानीयका मुहारमा खुशिको आभास भएको बताए ।


मन्दिरको दर्शनका लागि आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि त्यस क्षेत्रको मात्र नभएर समग्र गण्डकी प्रदेशको आर्थिक कारोबारमा समेत वृद्धि हुने अपेक्षा रहेको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । उनले वडा कार्यालयसंग सहकार्य गरेर नगरपालिकाको तर्फवाट समेत आर्थिक तथा भौतिक सहयोग गर्ने बताए ।
यता,वडाध्यक्ष राजेन्द्र पौडेलले अहिले मन्दिरको दर्शन गर्न, पिकनिक खान र पारिवारिक भ्रमणका लागि बिहानदेखि साँझसम्मै त्यस क्षेत्रमा पर्यटक रमाइरहेका बताउँछन् ।
यस क्षेत्रको उचित प्रचारप्रसार र केही भौतिक पूर्वाधारमा सुधार गर्ने हो भने ठुलीपोखरीमा रहेको बाटुलेचौर मन्दिरले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने स्थानिय सञ्चारकर्मी लक्ष्मण सापकोटाले बताउँछन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला