‘एक घर एक धारा’अभियानमा छ नगरपालिका–नगरप्रमुख रामचन्द्र जोशी

ZEN Travels

पर्वत ।
छमर्के कुस्मा नगरपालिका वडा नम्बर ४ मा पर्ने एउटा वस्ती हो । यहाँ कुल १ सय १७ घरधुरी परिवारको वसोवास छ । यहाँका प्राय युवाहरु प्रवासमा छन् । केही वासीन्दा गाउँघरमा छन् । तत्कालीन सदरमुकाम कुस्माबाट नजिक रहेको यो वस्तीमा आज सम्म खानेपानी सहज रुपमा पुगेको थिएन् । पानीको स्रोत बस्ती भन्दा बाहिर अर्को वडा खुर्कोटमा छ । पानी खुर्कोटको हर्राखर्कबाट छमर्केमा ल्याउनुपर्छ । बेलुका ट्याङ्की भरी पानी हुन्छ,विहान रित्तो यो समस्या लामो समयसम्म भयो ।
संघीयता पछि छमर्केले स्थानीय सरकार पायो । वस्तीमा पानीको समस्या रहेको जानकारी वडा कार्यालयका वडाध्यक्ष मिना कर्माचार्य सम्म पुग्यो । उनले उक्त समस्याको समाधान गर्न पहल गर्ने वाचा गरिन् । ट्याङ्की निमार्ण गर्न वडा कार्यलयसंगको सहकार्यमा आव ०७३÷०७४ मा १० लाख विनियोजन भयो । चैतको अन्तिम हप्ता ट्याङ्की निमार्ण गर्ने कार्य सुरु भयो । फेरी ०७४÷०७५मा ३ लाख विनियोजन भयो । ७० हजार लिट्रको ट्याङ्की निमार्ण कार्र्य ६ महिनामा सकियो । वडा कार्यालयको कुल १३ लाख,जनश्रमदान करिब ४ लाखको लागतमा पानी ट्याङकी निमार्ण समपन्न भयो । बर्खा,चाडपूर्वका कारण माघको पहिलो साता यही शनिबार ट्याङ्कीको उद्घाटन गरियो ।
खानेपानी तथा सरसफाई समिति छमर्केको पहलका कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले ट्याङकीको उद्घाटन गरे । उनले कुस्मा नगरपालिकाको अभियान ‘एक घर एक धारा’अभियान रहेकाले बिस्तारै पुरा गर्ने चरणमा रहेको बताए । उनले भने,‘ वडाका समस्याहरु वडा कार्यालय माझ समाधान गर्न नगरवासी माझ आग्रह गर्दै मुहानवाट पानीको स्रोत बिस्तार गर्न १५ सय मिटर पाइप प्रदान गर्ने विश्वास दिए । उनले नगरपालिकाले ठुलाठुला पूर्वाधारका योजनाहरुमा ‘एक घर एक धारा’अभियानमा परेकाले आफ्नो कार्यकालमा पुरा गर्ने बताए । सोही,अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुवासकुमार लामिछानेले अभियानमा सहयोग गर्न सवैसंग आग्रह गरेका छन् । सहज रुपमा खानेपानी विस्तार गरेर यहाँका युवाहरुले उधोग कलकारखाना सञ्चालन गर्न पनि आग्रह गरेका छन् । नगरपालिकाले सवै समूदायलाई सम्बोधन गर्ने खालका कुनै पनि योजनाहरुमा आफुहरु पछि नहट्ने बताए ।
ट्याङकी उद्घाटन कार्यक्रममा छमर्केका सवै स्थानीयहरुको उपस्थित थियो । सो,अवसरमा बोल्दै स्थानीय गौरी कार्कीले जनताको जिविकालाई छुने खालका योजनाहरुलाई बिस्तार गर्न आग्रह गरेकी छन् । उनले भनिन्,‘खानेपानीको पहुँच बिस्तार गरेसंगै फोहोर व्यवस्थापनमा नागरभित्रका नागरीहरुको सहकार्यमा स्थल निमार्ण गनुपर्ने भनाई राखिन् । कार्यक्रमका सभापति एवंम खानेपानी तथा सरसफाई समिति छमर्केका अध्यक्ष टेक नारायण श्रेष्ठले सबैलाई धन्यवाद दिए । उनले खानेपानीको बिस्तार भएसंगै वडाकार्यलयले यहाँको वस्तीमा अन्य विभिन्न आर्यआर्जनका क्षेत्रहरुको बिस्तार गर्न पनि सुझाए ।
५ हजार लिटरको ट्याङ्कीवाट सो बस्तीमा ८ वटा धारा थिए । भने,७० हजार लिटरको ट्याङ्कीसंगै समितिले हाल १२ वटा धाराहरु सञ्चालन गरेको छ । अब,वडा कार्यालयको पहलमा ‘एक घर एक धारा’ शिघ्र सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ । ट्याङ्की उद्घाटन कार्यक्रममा उपभोत्ता देवी चापाँगाई लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला