यस कारण स्टेजमा दर्शक तान्न् सक्छन कलाकार सुदिप क्षेत्री

ZEN Travels

राकेश शर्मा,पोखरा ।
‘खान्थ्यौं कसम छुदैं गितामा’लोक एल्बमबाट सांगितक यात्र सुरु गर्दै अहिले स्टेजका व्यव्स्ता कलाकारको रुपमा चिनिएका सुदिप क्षेत्रीलाई मेलामहोत्सवमा भियाइनभ्याइ छ । पछिल्ला दिनमा उनी पुग्ने मेला महोत्सव जस्ता स्टेजका कार्यक्रममा ‘रेलको टिकट’ ले दर्शकलाई तान्दै झुकाएको पाईन्छ ।
श्रीमान् श्रीमती बिचको बिछोडको यर्थाथ कथालाई यो गितले उठाएको छ । अहिले धेरै युवाहरु आफ्ना बा,आमा,श्रीमती,छोराछोरी छाडेर प्रवासी भएको समयमा रेलको टिकट सान्र्दभिक सावित भएको छ ।
अर्को पक्षमा उनको ‘अस्पतालमा भर्ना भएको छु’लोक गितले मायाप्रेममा रहेका युवायुवतीलाई तान्ने आधार बनेको छ । तन,मन र जिवन दिने बाचा कसम आएका उनीहरु एकअर्काको हुननपाए पछिको कहानीलाई यो गितले प्रतिनिधित्व गरेको छ ।
अनलाईन सम्बोधन संगको कुराकानीमा लोकगायक क्षेत्रीले प्राय यर्थाथ,जिवनपरक र सन्देश दिने प्रकारका गितहरु निकालने अभ्यासको सुरु गरेको बताए । क्षेत्रीले भने,’मैले सवैलाई रुवाउँदै,हसाउँदै,नचाउँदै मनोरञ्जन दिन जानेको बताए । पर्वत कार्यक्षत्र बनाएर सुदिपले रेडियो शालिग्राम र पञ्चासे एफ.एममा प्रत्यक्ष लोकदोहोरीको कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको सुनाउँछन् ।

हालै,बाग्लुङको जौमुनी महोत्सवमा सुदिप क्षेत्री,ज्योती मगर र प्रजापति पराजुलीले संयुक्त प्रस्तुती राखेका थिए ।‘गुन्द्री बन्दै थिए,अस्पतालमा भर्ना भएको छु भन्ने आवाज जब सुने चप्पल नलाई स्टेजमा गए,‘जैमुनीकी स्नहा ख्डकाले भनिन्,‘मेरो यर्थाथ कहानी बोकेको गित र गितका कलाकार देख्दै सुन्न आए । उनी मात्र नभई उक्त मेलाभर्न आएकाहरुलाई लोक कलाकार सुदिप क्षेत्री स्टेजमा तान्दा आयोजकले पनि प्रतिटिकट वापत राम्रो अर्थपार्जन गरेका छन् । भने,दर्शकस्रतोहरुले पनि मनोरञ्जन लिएको आयोजको भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला