देखिन् थाल्यो कुस्माका मेयरको काम,नगरभित्रका सडक पक्की गर्दै नगरबस चलाउने तयारी

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका मेयर रामचन्द्र जोशी नेपाली काँग्रेसबाट विजयी सांसद हुन । तर,उनलाई राजनिति भन्दा माथि उठेर काम गर्ने अठोट सधैं हुन्छ । जोशीले स्थानीय तहको चुनावको समयमा काँग्रेसका मात्रै मतले जितेनन् । उनको स्वछ छविका कारण नेकपामा कार्यकर्ताले पनि रामचन्द्रलाई भोट हालेका हुन् ।


उनी स्वर्थाभन्दा माथि उठेर सामाजिक काम गर्ने सरल स्वभावका व्यक्ति हुन् । रामचन्द्र जोशीले कुस्मा नगरको मेयर भएर आएपछि यहाँका सवै नेता कार्यकर्ता माझ लोकप्रियता कमाइ रहेका छन् । जोशीले पटक–पटक आफुले जनताका दैनिकीसंग जोडीने पूर्वाधारका काम गर्ने बताउछन् ।
जिल्लाका जनताले पटक–पटक यातायात,सडक मोटरबाटो,शिक्षा स्वास्थ्य जस्ता समस्या भोग्नु परेको उनले राम्रो संग अध्ययन गरको हुनाले देखिने हिसाबले काम गर्न सजिलो पनि भएको छ । उनले चुनावको समयमा भनेको मुख्य काम नगरभित्रका सवै सडकको स्तरउन्नति र नगरबस सञ्चालन गर्ने हो ।
नगरपालिकाको प्रमुख हुनासाथ रामचन्द्र जोशीले शहरी तथा भवन निमार्ण आयोजनसंग सहकार्य गर्दै आएका सामाजिक नेता हुन । सोहि अनुसार नेता जोशीले कुल ९ करोड बराबर कुस्माका सडक बिस्ता र पक्की पार्ने योजनामा लागेका छन् । उनको काम बुधबार कुस्मा १० पिपलटाबाट भएको छ ।अहिले सडक बिस्तार सहित ढलान गर्ने काममा जोशी आफु नै जुटेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला