सर्च पत्रकारिता कहिलेसम्म ? कृष्णा पौडेल

ZEN Travels

पछिल्लो समय मुलुकमा सर्च पत्रकारिता निकै मौलाएकोछ । खोज पत्रकारिता केन्द्रका कालो धन सम्बन्धी खोजमुलक सामाग्रीले ? विल्कुल होइन । सर्च र खोजको
अर्थ समान तर काम अलग । नेपालको धन विदेशी बैंकमा थन्क्याउने र कालो
धनलाई नेपाल भिœयाउने सम्बन्धी खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको खोज रिपोर्टको संसददेखि सडकसम्म चर्चा छ । बौद्धिकताको गच्छे अनुसार सबैले त्यसबारे प्रतिक्रिया जनाइरहेका छन् । तर, सर्च पत्रकारिताको चर्चा सर्च अभियानमा जुटेका र तिनले चलाएको सर्च अभियानबाट पीडित वर्गमा मात्रै सीमित छ । सर्च पत्रकारिताको नामले नेपालमा केही समयदेखि चोर पत्रकारिता विस्तार हुँदैछ ।

अधिकांश अनलाइनका कर्मचारी पत्रकारको काम नै कसले (कुन अनलाईनमा) कुन समाचार हाल्यो भनेर सर्च गर्ने र आफ्नो बनाएर पोस्ट गर्ने रहेको छ । त्यस्तै
अनलाईनमा काम गर्नेले सर्च पत्रकारिता भन्ने गरेका छन् । उनीहरूसँग न त आवश्यक जनशक्ति छ, न त भएकामा बौद्धिकता । कार्यालय पुग्यो । सरसरर्ती नाम
चलेका ४÷५ वटा अनलाईन हे¥यो । कसैको टाउको,कसैको पुच्छर र कसैको बीचको भाग काटकुट ग¥यो अनि आफ्नो बनाएर पोस्ट ग¥यो । कतिले त काट्ने जाँगर पनि
देखाउँदैनन् । रश्व, दीर्घ, पूर्णविराम र कमासम्म जस्ताको तस्तै पोस्ट गर्ने सर्च पत्रकारिता मौलाइरहेको छ । व्यक्तिपिच्छे जसरी अनलाईन खुलिरहेका छन् ।
तिनले त्यसैगरी सर्च पत्रकारिता चलाइरहेका छन् । आफूलाई मुलधारकै भन्नेले पनि सर्च पत्रकारिता गरेका दृष्टान्त बेला–बेलामा सामाजिक सञ्जालमा आउने गरेका
छन् । तिनीहरूमाथि के–कस्तो कारबाही भयो वा भएन त्यो जानकारीमा आउँदैन ।

मुलधारका अनलाइनलाई छोडेर अधिकांश अनलाइनले अहिले सर्च पत्रकारिता गरिरहेको भन्न कुनै विज्ञको कोट अनकोट गरिरहनुपर्दैन । स्वस्थ्य, स्वतन्त्र र
उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धनका लागि खडा गरिएको प्रेस काउन्सिलले आधिकारीक रूपमा दर्तामा आएका अनलाईनको तथ्यांक राख्ला, नियमन गर्ला ,सायद गरिरहेको पनि होला । तर, नियमनको प्रभाव शून्य छ । अनलाईनको आधिकारीक संख्याले सायदै अर्थ राख्न छाड्यो कि ? च्याउ जसरी बजारमा अनलाइन उम्रिएका छन् । कति दर्ता छन्, कति दर्ता बिना नै सञ्चालन भइरहेका छन् । दर्ता बिना सञ्चालन भएकाको नियमन कसरी हुन्छ ? पछिल्लो समय मल्टिमिडियाको प्रचलनमा थपिएको चुनौती हो युट्युब च्यानल । अनलाइन
टिभीका नामले चलेका युट्युब च्यानलले के गरिरहेका छन् ? कस्ता सामाग्री राखिरहेका छन् ? अनि कसरी राखेका छन् ? तिनको जनशक्ति, लगानी, दायित्व के हुने ? नाम चलेका टेलिभिजन र नाम चलेका अनलाइनमा कार्यरत पत्रकारले नै अनधिकृत रुपमा युट्युब च्यानल चलाइरहेका छन् । पेज सिर्जना गरे मात्रै पुगेको छ । दर्ता गर्नु पनि परेन । जिम्मेवार हुनु पनि परेन । अनि अपलोड भएका सामग्रीको स्रोत उल्लेख गर्नु पनि परेन । निजी क्षेत्रको समाचार सेवा प्रदायक संस्थाको जिम्मेवार व्यक्तिको हैसियतले पर्याप्त अध्ययनपछि केही तथ्यगत विषय सार्वजनिक गर्दैछु । केही समय अघिदेखि हामी मल्टिमिडिया सञ्चालन गर्नेका लागि सामाग्री (समाचार) उत्पादन र बिक्री गर्दे आइरहेका छौ । जहाँ स्क्रिप्टदेखि भिडियोसम्म पर्छ । हाम्रो अध्ययनका क्रममा आधा दर्जन बढी युट्युब च्यानल नाम चलेका टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकारबाटै सञ्चालन भइरहेको फेलापरेको छ । तिनले
आफू कार्यरत संस्थाले बाहिरबाट उत्पादन गर्ने र आफैंले उत्पादन गर्ने भिडियो सामग्री नै प्रयोग गरिरहेका छन् । एउटै मान्छे सधैं एकै जिम्मेवारीमा वा जागिरे मात्रै हुनुपर्छ भन्ने होइन । त्यसबाहेक ऊ कयौं व्यापारिक कार्यमा जोडिन सक्छ, तर वैधानिक रूपमा ।जुन संस्थामा जागिरे छ उसैप्रति गद्दारी गरी, उसैले उत्पादन गरेका सामग्री प्रयोग गरेर भिन्नै व्यवसाय गर्नुलाई के भन्ने ? भण्डारमा चोर राखेर घर चल्दैन । त्यो चोरले छिमेकीको भण्डारसमेत रित्तो बनाइदिन्छ । एउटा सञ्चार गृहको कामदार भएर डेक्समा बसी–बसी अन्य अनलाइनलाई समाचार दिने काम पनि केही पत्रकारबाट हुँदै आएको पत्ता लगाएका छौं । आवश्यकता महसुस गरेमा ती तथ्यांकलाई सार्वजनिक गरिनेछ । अहिलेलाई आफैंले काम गरेको संस्थाबाट उत्पादन भएका भिडियो सामाग्रीको अनधिकृत प्रयोग गरी पेज चलाइरहेका
भिडियो चोरहरूसँग न्युज एजेन्सीले गरेको संवाद । यहाँ उनीहरू कार्यरत संस्थाको नाम पेज गोप्य राखिएको छ । तर, सबै रेकर्ड एजेन्सीसँग सुरक्षित छ ।-आजको समाधान दैनिमा समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला