काँग्रेसको शिर ठाडो राख्ने मेयरसावः तलवभत्ता काटेर विद्यालको शैक्षिक विकास गर्न ‘मेयर अक्षयकोष’स्थापन

ZEN Travels

कुस्मा ।
आफु जनप्रतिनिधि भएवापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरी अर्को नमुना काम गर्नुभएको छ ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालको शैक्षिक विकासका लागि ‘मेयर अक्षयकोष’ स्थापना गर्नुभएको हो । आफ्नो दुई महिना बराबरको तलब रु. ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो । बिहीवार विद्यालयको ५७ औ बार्षिकोत्सवको अवसरमा पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गर्नुभएको हो । उहाँले यस अघि नगरपालिका भित्रका विपन्न, असहाय विद्यार्थीहरुको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीहरुलाई उपचार लगायतका कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।
आफु निर्वा्चित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफुले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरी एक रुपैया पनि व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अक्षयकोष घोषणापछि बोल्दै नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाका सवै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजि विद्यालयको सरह बनाउनका लागि नगरपालिकाले विशेष कार्ययोजनाका साथ अघि बढेको बताउनुभयो । उहाँले कुश्मालाई नेपालकै नमुना नगरपालिकाको रुपमा बिकास गर्न थालिएको बताउँदै अब नगरका सवै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिंचाई लगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले गुणस्तरीय शिक्षाको खोजी गर्दै शहर बजार झर्न बाध्य ग्रामिण क्षेत्रका बासिन्दाको बाध्यतालाई अन्त्य गर्न सामुदायिक विद्यालयकै गुणस्तर सुधार गर्न थालिएको बताउनुभयो । उहाँले सवै वडाहरुलाई कुश्माबजारजस्तै सुविधायुक्त बनाईने बताउनुभयो ।
सो अवसरमा पन्चकोशी समाजका संरक्षक क्याप्टेन लालप्रसाद गुरुङको पहल निर्माण हुन लागेको विद्यालय भवनको नगरप्रमुख जोशिले शिलन्यास गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष तथा सामाजिक विकास संयोजक शिवप्रसाद पौडेल, नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, पन्चकोशी समाजका संरक्षक क्याप्टेन लालप्रसाद गुरुङ, अध्यक्ष कमल गुरुङ, शिक्षाविद शेरबहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला