प्रणय दिवसः बहुप्रेमतर्फ समाजको यात्रा

ZEN Travels

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ । तर सुक्ष्म र कुसाग्र अध्ययनले अस्तित्वले समाजलाई महान गन्तव्यतर्फ डो¥याएको देखिन्छ । प्रणय दिवस समाजको बहुप्रेमतर्फको यात्रा हो । ओशो भन्छन्, ‘बहुप्रेम’ मनुष्यको जन्मजात लक्षण हो । सामाजिक व्यवस्थाले जतिसुकै रीतिथिति र शास्त्रीय बन्धनमा बाँधे पनि मनुष्यले क्रमशः त्यस्ता परिसीमा भत्काउँदै छ । मनुष्य क्रमशः बहुप्रेमको प्राकृतिक गन्तव्यमा प्रवृत्त हुँदैछ । प्रकृतितर्फको आकर्षण र यात्रा, नर–नारी दुवैमा समान रुपमा लागू भइरहेको छ ।

तर, अन्तस्करणमा आक्रामकता र स्त्रीप्रतिको स्वामीभावलाई वैभव ठान्ने पुरुषको गति सुस्त छ । पुरुषचित्तमा ‘मालकीयत’को अहंकार तगारो बनेको छ । बहुप्रेम मार्गमा पुरुषको गति सुस्त छ, स्त्रीको गति तीव्र । रुप ‘न्यग्रोध परिमण्डला’– स्त्रैण हृदयको उत्कट अभिलाषा हो । जन्मजात नभए पनि परिधानको सहारामा स्त्री चित्ताकर्षक देखिन चाहन्छिन् । यो स्वयंसिद्ध तथ्य पुष्टि गर्न अलग प्रमाणको आवश्यकता नपर्ला । तर खुला समाजको अभ्यास र त्यसको परिणामप्रति विहङ्गम दृष्टि राख्नेहरुलाई हेक्का हुनुपर्छ । ‘जारिणी’ चरित्र सामाजिक अपमान र लैङ्गिक हिंसाको कारक बन्नु हुँदैन भन्ने महिला स्वर समाजमा मुखरित हुँदैछ । त्यसैले महिला मुक्ति आन्दोलनमा एउटा नारा थपिएको छ, ‘मेरो शरीर मेरो अधिकार ।’ समाजले बनाएको महिलाको लागि मात्र अनअतिक्रम्य नियम ‘एक पुरुष व्रत अर्थात यौन शुद्धता’को शास्त्रीय सीमा तोडिदैँछ । शास्त्रीय चिन्तनधाराका पथगामी र पुरातनपन्थीहरु यसलाई कलियुगी चर्तिकला भन्छन् । माक्र्सवादीहरु पूँजीवादको प्रभाव भन्छन् । तर बस्तुतः मनुष्य बहुप्रेममाथि लगाइएको बुझो उघार्ने र प्रकृति अनुकूल हुने महाअभियानमा छ ।

सामाजिक व्यवस्थाले मनुष्यमाथि वैवाहिक जीवन थोप¥यो । नारी पुरुष समागमका लागि विवाह एक अनिवार्य सामाजिक लाइसेन्स बनाइयो । ओशो भन्छन्, ‘नर–नारी समागमका लागि एक मात्र अनिवार्य शर्त प्रेम हुनु पर्छ ।’ वैवाहिक करार वा संस्कारयुक्त आवद्धताका कारण हुने समागम विवाह नामक सामाजिक लाइसेन्सको आडमा गरिने ‘नियमित वेश्यावृत्ति’ हो । स्वतन्त्रता हनन् गर्ने कुनै पनि सम्बन्ध प्रेमपूर्ण हुन सक्दैन । प्रेमले मुक्त आकाशमा उड्ने स्वतन्त्रतालाई निस्तेज गर्दैन । प्रेममा एकाधिकार सम्भव नै हुँदैन । प्रेमले रोज्ने स्वतन्त्रता दिन्छ । सम्पत्तिमाथि पुरुषको अधिकार र विवाहिता नारीको सुरक्षा र भरणपोषण पुरुषको जवाफदेहीको अर्थशास्त्रले महिलालाई ‘लोग्ने’ नामक सम्बन्धप्रति प्रेमील र वफादार हुन बाध्य बनाइयो । वैवाहिक जीवन पद्धतिले प्रेमलाई एकल हक लाग्ने पैतृक सम्पत्ति बनाइदियो ।

‘जिउती कोठा’मा नयाँ व्यक्तिसँग पहिलो भेट र अपेक्षा अनि विश्वासमा अक्षतासँग पहिलो समागमबाहेक (सत्य फरक पनि हुनसक्छ) प्रणय सूत्र र संस्कारमा कुनै आनन्द बाँकी छैन । अन्यथा वैवाहिक सम्बन्धमा किञ्चित पनि आनन्द बाँकी रहेन । समाजबाट प्रेम र सुख तिरोहित भयो । ओशो भन्छन्, ‘विवाहलाई बिदा नगरेसम्म मनुष्य जीवन प्रेमअच्छादित हुन सक्दैन ।’

प्रकृति प्रदत्त यौन ऊर्जा शरीरभित्र ‘अर्गेज्म’ बनेर प्रेममा रुपान्तरित हुन्छ । ‘प्रेम’ मानव हृदयको एकपक्षीय महादान हो । सबैथोक बाँड्दा घटछ तर प्रेम जति बाँड्यो उति बढ्छ । त्यसकारण मनुष्य बहुप्रेमको प्राकृतिक उपहार लिएर आएको छ । लैङ्गिक न्यायमुखी समतामूलक समाज निर्माण अभियानले सामाजिक अर्थशास्त्र बदलिएको छ । आश्रित र असन्तुलित सामाजिक शक्ति सम्बन्धको धागो चुँडिदैँछ । समाजमा महिला आत्मनिर्भर र स्वतन्त्रता उपभोगतर्फ द्रूत गतिमा अघि बढिरहेका छन् । बन्धनयुक्त र सशर्त प्रेमको दायराबाट बाहिर निस्कदै छन् । खुला समाजको अभ्यासले महिलाको आकाशीय उडान स्वच्छन्द बनाउँदै छ । यद्यपि विवाहको विकल्प समाजले भेट्टाएको छैन । तर विश्व परिवेश हेर्ने हो भने विवाहप्रतिको वितृष्णा र बहुप्रेममा आकर्षण बढ्दो छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला