अधिनायकवादी सरकारलाई देखाईदिने भन्दै कांग्रेसद्धारा देशभर विरोध प्रदर्शन

ZEN Travels

काठमाडौं –

अधिनायकवादी सरकारलाई देखाईदिने भन्दै कांग्रेसले भोलि देशभर विरोध प्रदर्शन गर्दै छ ।

सरकार निरंकुशता तर्फ अघि बढेको भन्दै कांगेसले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, पूर्व प्रधानमन्त्रीद्वय गिरिजा प्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षको हैसियत बिर्सन खोजेको लगायतका आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।

कांग्रेसले सदनमा सत्तापक्षले प्रतिपक्षसँग देखाएको व्यवहारको बदला सडकबाट लिने चेतावनी पनि दिएको छ । कांग्रेस सांसद गगन थापाले भोलि हुने प्रदर्शनबाट प्रतिपक्ष कहाँ छ भनेर सरकारलाई देखाइदिने र आश्र्चयचकित पार्ने चेतावनी दिनुभयो ।Audio

उहाँले लोकतन्त्र र गणतन्त्रका लागि जीवनभर लडेका नेताहरुका नाम मेट्न खोज्ने सरकार आफै पतन हुने जिकिर पनि गर्नुभयो । अस्पतालको गेटबाट गिरिजा प्रसाद र शुसिल कोइरालाको नाम मेट्दैमा कांग्रेसको इतिहास मेट्न सकिन्छ भन्ने सोच नराख्न पनि नेता थापाको चेतावनी छ ।

तर यता सत्तारुढ दलका नेताहरुले भने यतिबेला आन्दोलन तथा प्रदर्शन गरेर सरकारको कामलाई प्रभावित पार्न नहने बताएका छन् । पाँच वर्ष सत्तामा रहने जनादेश पाएको सरकारलाई काम गर्न नदिने वातावरण सृजना गर्न नहुने उनीहरुको तर्क छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले अहिले नेपालमा कुनै आन्दोलनको औचित्य नरहेको बताउनुभयो ।

डा. गोविन्द केसीको अनसन आन्दोलन उत्कर्षमा पुग्नु र त्यहिबेला नेताहरु गिरिजाप्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेजी गर्न खोजेको भन्दै आक्रोसित कांग्रेसले माघ २१ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो । यी दुवै विषय अहिले किनार लागिसकेका छन् तर कांग्रेसले पूर्व घोषित आफ्नो देशव्यापी सडक आन्दोलन भोलि गर्दैछ ।

जुनसुकै विषयमा सडक तताउने, सदन अवरुद्ध गर्ने भन्दा पनि पाँच वर्षको जनादेश पाएको सरकारले गरेका राम्रा काममा सहयोग र नराम्रा काममा रचनात्मक खबरदारी गर्न आवश्यक छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला