तुलादानकर्ताको नाम संकलन गर्न उपसमिति गठन |MeroJilla.com|

ZEN Travels

पर्वत ।
हरेक बर्ष विराटज्ञान माहयज्ञ गर्ने उद्श्यले बोकेको गुप्तेश्वर धार्मिक मेला आयोजक समितिले पर्वत जिल्लाका सवै वडास्तरमा उपसमिति निमार्ण गर्न लागेको छ ।
कुस्मा नगरपालिका ५ मा उपसमिति बिस्तार गरेको छ । बिष्णु प्रसाद नेवार संयोजक रहनेगरी १५ सदस्यको समिति गठन भएको हो । समितिको सहसंयोजकमा बालकृष्ण तिवारी,सचिव दामोदर आचार्य रहेका छन् । यस्तै,सदस्यहरुमा खुमप्रसाद पराजुली,सोम बहादुर गुरुङ,बुद्धिकमारी श्रेष्ठ,लक्ष्मीदेवी अधिकारी,शर्मिला अधिकारी,रामप्रसाद सापकोटा,तिलक काफ्ले,पवित्रा श्रेष्ठ,ठाकुर क्षेत्री,निर्मल बिश्वकर्मा र जयन्त सापकोटालाई चयन गरिएको छ ।
उपसमिति गठन कार्यक्रममा बोल्दै मुल समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले शिव र पार्वतीको संगम स्थल गुप्तेश्वर माहदेवको समिपमा रहेर निमार्ण गर्न विश्वको ठुलो मुर्तिले धार्मिक प्रचारप्रसारमा टेवा पु¥याउने बताए । उनले सो अवसरमा बोल्दै जीवनमा आज सम्म भएका सवै खराब आचरणलाई आयोजना हुने तुलनदानले मुक्ति मिल्ने बताए ।
समिति मार्फत गठन भएका सवै उपसितिहरुले ५० बर्ष भन्दाका उमेर समुहलाई तुलादान गराउनु पहल गर्न सुझाएको छ । भने, ५० बर्ष भन्दा तलका उमेर समुहलाई स्वईच्छाले तुलादानमा सहभागि गराउन सकिने निर्णय गरेको छ । पहिलो बर्ष व्यवस्थापनका कारण जेठ १ देखि ११ सम्म श्रीमद् शिवपुराणको मिति तय भएको जनाएको छ । ०७७ सालबाट हरेक बर्षको बैशाखको १ गतेदेखि ११ सम्म गर्न भएको हो । कुल १ करोड रकम तुलादान वापत संकलन गर्ने समतिको योजना रहेको छ । श्रीमद शिवपुराण धार्मिक मेलाको प्रमुख विश्ववाचक माहराज ईश्वर कृष्णले गर्ने छन् ।
कुस्मा वडा नम्बर ५ का वडाध्यक्ष चित्रकला शर्मा‘भारती’को अध्यक्षतामा सम्पन्न भएको सो उपसमिति गठन कार्यक्रममा नवगठित समितिका संयोजक बिष्णु प्रसाद नेवार,समितिका माहसचिन अच्युत तिवारी र सचिव एकनारायण चालिसे लगायले बोलेका थिए । सो,कार्यक्रममा धार्मिक क्षेत्रमा रुचि राख्ने युवाहरुको समेत सहभागिता थियो । यो संगै समितिले यहाँका सवै नगरपालिका र गाउँपालिका मार्फत तुलादान गर्नेहरुको नामवाली संकलन गर्ने भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला