टुहुरा बालकलाई सहारा

ZEN Travels

पर्वत –
कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ बालकले सोमबार जग्गा पाएका छन् । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति राम शर्मा पौडेलले ५ आना जग्गाको लालपुर्जा प्रदान गरेका हुन् ।

उनीहरुलाई सडक डिभिजन कार्यालयका इन्जिनयर सुरेन्द्र गौतम लगायतले १ लाख रुपैयाँ सहयोग गरेका हुन् । विशाल परियार, विवेक दर्जी र विश्वास परियारले गत जेठयता पोखरामा रहेको एसओएसबाट मासिक २ हजार पढाइसहायता स्वरुप प्राप्त गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला