नेपाली चलचित्र बोब्बी बार्सिलोनामा देखाउदै

ZEN Travels

बार्सिलोना । नेपाली चलचित्र जगतमा सत्य कथा र सत्य चरित्रलाई प्रस्तुत गर्दै बनेको नेपाली चलचित्र बोब्बी बार्सिलोनामा पनि प्रदर्शन हुने भएको छ । तमु समाज बार्सिलोना स्पेनले चर्चित पत्रकार तथा समाज सेबी रबी लामिछाने फ़ाउण्डेशन मार्फ़त दुर्गम क्षेत्र ” रासकोट सामुदायिक अस्पताल ” को सहयोगार्थाको निम्ति नेपाली बहु चर्चित चलचित्र बोब्बी यहि १० तारिख आईतबारका दिन साँझ ४:४५ मा सिनेमा जिरोनामा प्रदर्शन गर्न गईंरहेको समाजका अध्यक्ष गौतम गुरुङले जानकारी दिनु भयो ।

कसैको यथार्थ कथामा आधारित चलचित्र बोब्बीले दर्शकहरुको मन जीत्न सफल भएको छ । चलचित्र ” बीर बिक्रम ” , ” लिलीबिली ” र ” हैपीडे ” जस्ता राम्रा नेपाली चलचित्र बनाएका निर्देशक मिलन चाम्सको अत्यन्त वास्तविक कथा समेटिएको चलचित्र बोब्बीमा प्रेम बिबाह र त्यसमाथि अन्तरजातीय बिबाह गर्दा प्रेमी प्रेमिकाले घर परिवारबाट झेलनु पर्ने समस्याको बारेमा राम्रो संग चित्रण गरिएको छ । संसार भरि बाट बहु चर्चित पत्रकार तथा समाजसेबि रबि लामीछानेको फ़ाउण्डेशन द्वारा खोल्न लागिएको रास्कोट सामुदायिक हास्पिटलको लागी सहयोग गर्न उक्त फिल्म स्पेनको बार्सिलोनामा लाग्न लागेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला