पर्वतमा किवानिज ईन्टरनेश्नल कल्ब,संस्थापक अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ

ZEN Travels

पर्वत –

पर्वत सहित देशका ३२ ठाउँमा किवानिज ईन्टरनेश्नल कल्ब बिस्तार भएको छ । विश्वभरका बालबालीकाहरुलाई सामाजिक सेवा सहित संरक्षण गर्ने उद्श्यले यसको स्थापना भएको हो ।

पर्वतमा कृष्णप्रसाद श्रेष्ठको संस्थापन अध्यक्षतामा १६ सदस्य गठन गर्दै क्लव स्थापना भएको हो । प्रमुख अतिथि कल्बका डिष्ट्री गभर्नर सुजन कुमार श्रेष्ठले गर्दै यो क्लब बालबालीकाको क्षेत्रमा काम गर्ने संस्था भएको बताए । उनले क्लबका माध्यमबाट शिक्षाको पहुँचमा पुग्न नसकेका विश्वभरका बालबालीकाहरुलाई विद्यालय सम्म पु¥याउन मदत गरको सुनाए ।

क्लबको स्पोन्सर किवानिज क्लब काठमाडौंले गरेको हो । पदस्थापन कार्यक्रममा किवानिज क्लब काठमाडौंका अध्यक्ष दिपकराज पौडेल लगायतले बोल्दै यसको निरन्तरताले शिक्षामा बालबालीकाको पहुँच वढाउने बताए । पर्वतमा गत ४ महिना अघि गठन भएको क्लबको मंगलबार पदस्थापन भएको हो । किवानिज ईन्टरनेश्नल कल्बको आगामी अध्यक्षमा चेतनारायण शर्मा‘गोविन्द’ उपाध्यक्षमा हरिहर थापा,सचिवमा मधुसुदन उपाध्याय,कोषाध्यक्षमा उद्य लम्साल रहेका छन् । यस्तै किवानिज क्लब पर्वतको सदस्यहरुमा केशवराज पुरी,रुद शर्मा,तेजेन्द्र अधिकारी,प्रेमराज अर्याल, गोकुल शर्मा,दामोदर आचार्य,सुशिल पौडेल,शत्ति शर्मा,उमेश आचार्य,नारायण प्रसाद पौडेल,दिनबन्धु ढकाल रहेकाछन् ।

किवानिज क्लबको कार्यकाल १ बर्षको हुन्छ । पहिलो पटक बिस्तार हुने जिल्लाहरुमा संस्थापक अध्यक्षले २ बर्ष सम्म अध्यक्षमा रहन पाउने नियम छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला