सरकार रंगमञ्च बन्यो ? नेता गुरुङ्

ZEN Travels

प्रकाश डोटेल,स्याङ्जा-

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले राष्ट्रिय पहिचानको पहिलो माध्याम खेलकुदको विकासमा सरकारले ध्यान दिन नसकेको बताएका छन् । रंगमञ्चका कलाकारलाई रंगशाला बनाउने जिम्मा दिएर सरकार रंगमञ्च बनेको उनको भनाई थियो ।

“सम्बृद्धि अभियान थालेको सरकार एक वर्षसम्म कुनै विकास निर्माणका काम गर्न सकेको छैन् ।” स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका २ स्थित लामडा“डामा आयोजित भलिबल प्रतियोगिताको समापनमा बोल्दै नेता गुरुङ्ले भने, “प्रधानमन्त्री केपी ओलीको टुक्के भाषणले सरकार रंगमञ्च बनेको प्रतीत हुन्छ ।”

“हत्या, हिंसा बलात्कारीको संरक्षणमा लागेको सरकारले विकासका विषय भाषणमा मात्र सिमित भएको छ ।” नेता गुरुङ्ले भने, “निकम्बा सरकारले जनताका धेरै अपेक्षाहरु पुरा गर्न सक्दैन् ।” स्थिर सरकार बनाउ“दा समेत वर्तमान सरकारले विकास निर्माणमा कुनै गति लिन नसकेर भ्रष्टहरुको चंगुलमा फसेको उनको जिकिर थियो ।

गाउ“–गाउ“ टोल–टोलमा युवाहरु खेलकुद प्रति आकर्षित हु“दा राज्यले अपेक्षाकृत लगानी गर्न नसकेको नेता गुरुङ्ले बताए । “हरेक स्थानीय तहमा राष्ट्रियस्तरका रंगशाला बनाउनु जरुरी छ ।” गुरुङ्ले भने, “राज्यले लगानी बृद्धि गरेर युवायुवतीलाई खेलकुदमा जोड्न सके उनीहरु गाउ“घरमै केन्द्रित हुने थिए ।”

प्रतियोगिताको समापनमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले स्याङ्जा भलिबल खेलको राजधानी भएको बताए । स्याङ्जाबाट झण्डै आधा दर्जन युवाहरु राष्ट्रिय भलिबल टिममा रहेको जानकारी गराउ“दै रानाले धेरै भलिबल खेलाडी उत्पादन गर्ने जिल्ला भएकाले स्याङ्जा भलिबलको राजधानी भएको जिकिर गरे ।

स्थानीय स्तरमा क्लबहरुको सक्रियामा गाउ“–गाउ“मा खेलकुदका गतिबिधि हुनु पहिचान, अनुशासन र स्वास्थ्यको विकासस“ग जोडिएको कार्यबहाक सभापति रानाले बताए । स्थानीय स्तरका क्लबहरुलाई स्थानीय सरकारले आर्थिक रुपमा सहयोग गरे खेलकुद गतिबिधि संस्थागत हुने उनको भनाई थियो ।

सहिद दिवसका अवसरमा स्थानीय दिग्दर्शन युवा क्लबको आयोजनामा माघ १६ देखि शुरु भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेकोमा सम्झना युवा क्लब बलेउको टिम प्रथम, आयोजक क्लब दोस्रो, लालीगुरा“स युवा क्लब माझपाटा तेस्रो र सान्त्वना आयोजक क्लबकै बि टिम बन्न सफल भए ।

प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमले क्रमश ६१ हजार, ४१ हजार, २५ हजार र ११ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा अनुशासित टिटका रुपमा दरौ युवा क्लबले ५ हजार ५ सय ५५ रुपैया“ प्राप्त गरेको छ ।

प्रतियोगिताको समापनमा अर्जुनचौपारी गाउ“पालिका वडा नं. २ का वडाअध्यक्ष क्या. लालबहादुर गुरुङ्, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष केशभक्त गुरुङ्, मानव अधिकार तथा शान्ति समाजका सभापति प्रकाश डोटेल र नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देलले बोलेका थिए ।

क्लबका अध्यक्ष भबिराज गुरुङ्को अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा स्वागत गंगा गुरुङ्ले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव गंगा गुरुङ्ले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला