मुसिकोटमा वामी टक्सारमा वडिगाड क्षेत्रको संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सुरु

ZEN Travels

कमल पौडेल,गुल्मी-

मुसिकोट नगरपालिकाको आयोजनामा बडिगाड क्षेत्रको संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम वामीटक्सारमा सुरु भएको छ ।

बडिगाड क्षेत्रका ६ स्थानियतहका प्रमुख, उपप्रमुख सहित कार्यपालिकाका सदस्यहरुको सहभागितामा साझा सरोकारका विषयहरु पहिचान गर्ने र कार्यान्वयनको लागी पहल कदमी लिने गरि कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा गुल्मी जिल्लाको उत्तर पूर्व र बागलुङ जिल्लाका पश्चिम क्षेत्रका सत्यवति, चन्द्रकोट, मुसिकोट, गल्कोट, बडिगाड र ढोरपाटन नगरपालिका तथा गाउँपालिकाको सहभागिता रहेको छ।

२ दिन सम्म चल्ने सो अन्तरक्रियावाट बडिगाड घोषणापत्र जारी गरिने छ। बडिगाड क्षेत्रमा गर्न सकिने साझा लगानीमा आर्थिक विकासतर्फ जलविद्युत आयोजना, खानीउद्योग, रयाफ्टिङ, लगाएत सामाजिक विकास, पुर्वाधार र पर्यटन विकास, बडिगाड पर्यटकिय सर्किटको अवधारणा, वनबातावरण तथा विपद व्यावस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको विषयमा छलफल भैरहेको छ।

यस क्षेत्रको संभावना र चुनौती पहिचान गरि सवैले लाभलिई सम्वृद्धि हासिल हुने विश्वास सहित कार्यक्रम सुरु भएको हो। यसै विचकार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य खड्क केसिले सामुहिक प्रयासवाट स्पष्टमार्ग पहिल्याइ गरिने विकासले मात्रै सम्वृद्धि ल्याउने वताउनु भएको छ। छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै साझा समस्या पहिचान गरि, योजनावद्ध ढंगले दिर्घकालिन योजना सुरुवात गर्नुपर्ने वताउनु भएको छ। प्राकृतिक रुपमा सक्षम रहेको यस क्षेत्र विकासको हिसावले पछिपरेको भन्दै सांसद केसिले एकिकृत योजना वनाएर लाग्न आग्रह गर्नुभएको छ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, चन्द्रकोट गाउँपालिकाका दोर्ण खत्रि, सत्यावति गाउँपालिकाका प्रमुख पारश्वर ढकाल सहितको टोलीले विभिन्न समुहमा रहेर छलफल गरिरहेको छ । यस क्षेत्रमै पहिलो पटक एकै क्षेत्रका स्थानियतह सामुहीक समस्या पहिचानको लागी अन्तरक्रियामा सहभागी भएका हुन्। कार्यक्रममा आयोजक मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उद्घाटन कार्यक्रम नगरप्रमुख सापकोटाको अध्यक्षता, वडाअध्यक्ष तथा कार्यक्रमका संयोजक नारायण सापकोटाको स्वागत मन्तव्य तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला