नगरप्रमुखद्धारा खुर्कोटमा १ सय ८ पिपल बोट रोपण,धर्मकर्ममा लाग्न आग्रह

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका २ खुर्कोटको झउरी सामूदायिक स्थित सति सत्यदेवी मन्दिरको वाषिर्कोत्सव सम्पन्न भएको छ । बार्षिर्कोत्सव कार्यक्रमका प्रमुख अतिथि कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले धर्म रक्षाका लागि भन्दै पिपल रुख रोपेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । उहाँले धर्मनाश नाश हुँदै गरेको प्रति दुःख ब्यक्त गर्नुभयो |उहाँले धर्मका माध्यमबाट मात्रै मानव जीवनले सत्यको पथ अपनाउन सक्ने बताउनुभयो ।यस्तै उपप्रमुख सीताकाफ्ले लामिछानेले सो अवसरमा बोल्दै यो कार्यले धर्मको प्रसार संगै पपिलका रुख रोपण गर्दा वातावराण सन्तोलन कायम गर्न पहल गर्ने बताउनुभयो । सो अवसरमा जनप्रतिनिधीहरुले शिव मन्दिरको दर्शन समेत गरेका थिए ।
कुस्मा नगरपालिका २ का वडाध्यक्ष यादुनाथ बास्तोला,कुस्मा ४ का वडाध्यक्ष मिना कर्माचार्य तथा कुस्मा ११ का वडाध्यक्ष शिव पौडेलले मन्दिरको दर्शन गर्नुका साथै १ सय ८ वटा पिपल रोपण गर्नुभएको थियो । सो,अवसरमा सवै प्रतिनिधिहरुले सत्यदेवी पथमा रहेको पोखरीमा जलस्नान गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला