गलत अपवाह फैल्याएका नेकपाका साथीहरु अर्जुन जोशीले १५ बर्ष सम्म के गरेको रहेछ,थाहा भयो ?

ZEN Travels

पर्वत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले पर्वत जिल्लाको विकास निर्माणमा अर्जुन जोशीले के ग¥यो भन्ने गलत अपवाह फैल्याएर चुनाव जितेका प्रतिनिधीलाई विकासको बाढि ल्याउन चूनौती दिनुभयो ।
उहाँले आफु जनप्रतिनिधी हुँदा पैदल हिँडेर जानुपर्ने ठाउँमा सडक पुगेको, टुकी बालेर बस्नुपर्ने ठाउँमा विजुली पुगेको, डोकोमा पानी खेपेर खानुपर्ने ठाउँमा घरघरै धारा पुगेको र पर्वत मानव विकास सुचाकांकमा ११ औँ स्थानमा पुगेको उल्लेख गर्दै यि उपलब्धीलाई विर्सिएर अर्जुन जोशीले के ग¥यो भन्दै हिँडेकोमा आपत्ती जनाउनुभयो ।

अर्को प्रसंगमा बोल्दै जोशीले निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाउनु भयो । राम्रो कामका लागि कांग्रेसले सरकारलाई सधैं सहयोग गर्ने उहाँको भनाई छ । तर सरकार बनेको वर्ष दिन पुग्न लाग्दा पनि भन्न र देखाउन लायक कुनै काम नभएको दावी गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारी, प्रदेश सभा सदस्य जुनादेवी नेपाली, परराष्ट्र मन्त्रालयका सचिब शंकरदास बैरागी, त्रिभूवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका उपाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेपाल प्रहरीका पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महत, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, यातायात व्यावसायी महासंघ नेपालका महासचिब सरोज सिटौला, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिब गणेश पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतल लगायतले बोल्नुभएको थियो । रेडियोका अध्यक्ष कल्पना चापागाईको अध्यक्षता र स्वागतमा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी विष्णु गौतम र दुर्गा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा पर्वत जिल्लामा जन्मिएर माथिल्लो तहमा पुगेका एक दर्जन बिशिष्ट व्याक्तिहरुलाई सम्मान पनि गरिएको छ । महिला महोत्सव आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला